क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता

प्रकाशित मिति:

२२ मई, २०२२, क्वीन्स् न्युयोर्क। क्विन्स टुगेदरको आयोजनामा गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको सहसंयोजक, स्वयंसेवक सहयोग एवंसकृयतामा आज न्युयोर्क शहरको क्विन्सको लड आईलेण्ड सिटी स्थित Anable Basin Sailing  मा प्रथम अन्तर्राष्ट्रिय खाद्यमहोत्सव भव्यताका साथ सम्पन्न भयो।

यस खाद्य महोत्सवमा विभिन्न राष्ट्रका विशेष व्यञ्जन एंव राष्ट्रीय खानाको स्वाद गराईएको थियो। क्विन्स स्थित विभिन्न भोजनालयहरुजम्मा १८ वटा देशका भोजनालयहरुको सहभागिता रहेको थियो। “यो अन्तर्राष्ट्रिय खाद्य महोत्सव गर्नको मुल उद्देश्य कोरोना कहरपछिको रेस्टुरेन्ट व्यापार घटदै गएकोमा रेस्टुरेन्ट व्यवसायलाई बढावा दिनु हो र एक आपसमा परिचय गर्दै कसरी व्यवसाय फष्टाउने भन्नेहो”, फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले भन्नु भयो।

ईन्डीयन, श्रीलंकन, बंगलादेसी, गयानिज, थाई, मेक्सिकन, ईटालियन, जमैकन, चाईनिज, कोलोम्बियन, अमेरिकन, तिब्बेतन, पाकिस्तानी, ग्रिक, चिली, अफगानी लगायत नेपाली रेस्टुरेन्ट व्यवसायहरुको सहभागिता रहेको थियो। नेपाल झल्काउने र नेपाली खानाको स्वाद दिने एक मात्र नेपाली भन्सा घरको झोल मोमो चाख्नलाई मानिसहरुको घुईचो लागेको थियो।नेपाली भन्सा घरकी प्रोप्राईटर बिमला श्रेष्ठ हमाल आफै उपस्थित भई झोलमोमो पकाउने विधि बारे प्रश्न सोध्नेहरुलाई उत्तर दिदैं व्यस्तहुनुहुन्थियो। कार्यक्रममा फाउन्डेशन अमेरीका च्यापटरका उपाध्यक्ष सुवर्ण लामा, न्युयोर्क राज्यकी एसेम्ब्लीओमेन द्वय माननीय जेसीका गोन्जालेस्रोजस् र क्यटालीना क्रुज उपस्थित हुनुहुन्थ्यो भनेन्युयोर्क सिटी डिस्ट्रिक्ट २६ की काउन्सिलओमेन जुली वनको उपस्थिती रहेको थियो।

क्विन्सटुगेदर, क्वीन्स रेस्टुरेन्ट र GPK  फाउन्डेसन अमेरिका सहित सामुदायिक समूहहरूको नेटवर्क,  को सबैभन्दा ठूलो बोरोकोसार्वजनिक स्वास्थ्य र सम्पत्ति सुधार गर्न सँगै काम गर्दै आएकोमा क्विन्स टुगेदर आभार प्रकट गर्दछ, सहसंस्थापक जोनथन फर्गासलेभन्नु भयो। जोनथनले क्विन्स टुगेदरको आयोजनामा प्रतेक कार्यक्रममा जिपी कोइराला फाउन्डेसन अमेरिकाको स्वयंसेवक सहयोग एवंसकृयताको उच्च मुल्यांकन गर्दै निकट भविष्यमा सबै समुदायको हितकालागी वृहत कार्ययोजनाहरु गर्ने घोषणा गर्नु भयो।