राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (अर्घाखाँची) द्वारा तत्काल मूल्यवृद्धि फिर्ता लिन माग-विज्ञप्ति

प्रकाशित मिति:

अर्घाखाँची – राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले(अर्घाखाँची ) सरकारको अमानविय हचुवा,अदुर्दसी निर्णयबाट आम नेपाली जनतालाई दिनप्रतिदिन मारमा पारेको भन्दै आज सोमबार एक विज्ञप्ति जारी गर्दै संगठनले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (अर्घाखाँची)का अध्यक्ष घनश्याम पाण्डेले विद्युतको उत्पादन र खपत र बैकल्पिक उर्जाको आबस्यक कार्य योजना ल्याउन सरकारलाई आग्रह गर्दै पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘

 

उच्चतम क्षृङ्खलाबद्द रुपमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भैइरहेको मुल्यबृदी आपत्तिजनक ,अस्वभाविक र अब्यबहारिक छ।सरकारको अमानविय हचुवा,अदुर्दसी निर्णयबाट आम नेपाली जनता मारमा परिरहेका छन।
रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन अर्घाखाँची महिना महिना देखि ह्प्ता हप्तादिन मा नै भैरहेको आपत्तिजनक मूल्य वृद्धिको घोर बिरोध गर्दछ साथै आम जनताको हित बिपरित भएको मुल्यबृदी अबिलम्ब फिर्ता लिन सरकार सङ्ग माग गर्छ।
साथै पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न बाहानामा लिईरहेको करको पुर्नबिचार गरि मूल्य नियन्त्रण गर्न र विद्युतको उत्पादन र खपत र बैकल्पिक उर्जाको आबस्यक कार्य योजना ल्याउन रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन अर्घाखाँची सरकारसङ्ग माग गर्दछ।