जुनसुकै मौसममा पनि छालाको हेरचाह गर्नु अति जरुरी हुन्छ। चिसो मौसममा छालाको हेरचाह आवश्यक हुन्छ। यो बेला अनुहार रुखो हुने भएकाले छालामा रौनक पनि देखिँदैन। चिसो मौसममा पुरुषले छालाको हेरचाह गर्नेबारे ब्युटिसियनले केही टिप्स सुझाएका छन्।
ब्रान्डेड मोस्चराइज क्रिम तथा लोसन प्रयोग गर्ने
चिसोमा छाला रुखो हुने भएकाले छाला अनुसारको मोस्सराइज क्रिम र लोसन प्रयोग गर्नुपर्छ। ब्रान्डेड किन्न कन्जुस्याइँ गर्नुहुँदैन।
मोस्चराइजिङ फेसवास लगाउनुस्
मौसममा नमी नहुने भएकाले मोस्चराइजिङ भएको फेसवास प्रयोग गर्नुपर्छ। यसले छालाको सुख्खापन नल्याएर रोमछिद्र सफा गर्छ। सामान्य फेसवासले अनुहारको त्वचा सफा त गर्छ। तर, मोस्चराइजर हटाउँछ।
नुहाउने साबुन बदल्नुस्
यो मौसममा नुहाउने साबुन बदल्नुपर्छ। क्रिम बाथिङ बार वा मोस्चराइजिङ बडी बासले नुहाउनुस्। यदि तपाईँ अनुहारमा निखारता ल्याउन चाहानुहुन्छ भने शरीरमा सुख्खापन हुन नदिनुस्। क्रिम बारले नुहाइसकेपछि त्वचामा नमी रहन्छ।
नुहाइसकेपछि बडी लोसन लगाउनुस्
जति राम्रो बडी बास प्रयोग गरे पनि यसले शरीरको त्वचा केही मात्रामा हटाउने गर्छ। यसको भरपाइका लागि मोस्चराइजिङ बडी लोसन प्रयोग गर्नु उपयुक्त हुन्छ।
लिप बाममा ध्यान दिनुस्
आफ्नो लिप बाममा ध्यान दिनु आवश्यक हुन्छ। यसलाई सधैं आफ्नो साथमा राख्नु आवश्यक हुन्छ। ओठको त्वचा धेरै संवेदनशील हुन्छ, त्यसैले यसलाई नियमित नमी राख्नु आवश्यक हुन्छ। यसका लागि लिप बाम लगाउनुपर्छ।
लिप बाम विशेषतः पुरुषका लागि नै बनाइएको हो।
पर्याप्त पानी पिउनुस्
चिसो मौसममा आम मानिसहरू कम पानी पिउँछन्। यसले शरीरमा हाइड्रेसनको लेबल कम हुन्छ। कम पानी पिउँदा छालामा रुखोपन आउँछ। यदि शरीरमा मोस्चराइज कमी भए कपालमा डेन्ड्रफ आउने, कपाल टुट्ने र झर्ने समस्या हुन्छ। त्यसकारण शरीरलाई सधैं हाइड्रेटेड राख्न आवश्यक हुन्छ। (एजेन्सीको सहयोगमा)










