महामन्त्री थापाले भने-बीआरआई कार्यान्वयन गर्न ढिलाइ नगर्ने बिषयमा लिउसँग छलफल भयो

प्रकाशित मिति:

काठमाडौं, असार २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओसँगको भेटमा नेपाल र चीनको सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा छलफल भएको बताएका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जाल फेसबुकबाट पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग लिउले गरेको भेटमा नेपाल र चीनको सम्बन्धलाई थप सुदृढ पार्ने लगायतका विषयमा भएका कुराकानीबारे ७ बुँदा सार्वजनिक गरेका हुन् । उनले कांग्रेसले बीआरआई परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठानेको पनि बताएका छन् ।

जसमा उनले चीन सरकारसँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नुहुन्न भन्नेमा कांग्रेस प्रष्ट रहेको बताएका छन् । थापाले भनेका छन्, ‘कांग्रेस चीनबाट भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख् । यस सन्दर्भमा चीन सरकारले बीआरआई परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठान्दछ ।’नेपाल चीनको निकटतम छिमेकी तथा मित्र राष्ट्र भएकोले नेपाली कांग्रेस, चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता र सहयोगको उच्च कदर गर्दै, भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख्दछ । यस सन्दर्भमा चीन सरकारले अघि सारेको बीआरई परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठान्दछ । साथै चीन सरकार सँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नु हुन्न भन्नेमा नेपाली कांग्रेस प्रस्ट छ, थापाले भनेका छन् ।