सुदिप गौतम। बुटवल – यतिबेला कलाकारहरुलाई तिज बिशेष गीतहरु सार्बजनिक गर्न भ्याई नभ्याई हुन् थालेको छ । असार लागे लगत्तै त तीजका गीतहरु आउने क्रम बढिरहेको छ । यसै क्रममा बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि गायिका कल्पना कुसुमले नया गीत “लेहेँगा लगाउँछु सार्बजनिक गरेकी छन ।
उनले हरेक बर्ष जस्तो तीजमा नयानया गीतहरु सार्बजनिक गर्ने गर्छिन। गीतलाई गायिका कुसुमले गएकी छन
यो बर्षको तिज गीत “लेहेँगा लगाउँछु गीतमा डा शिब सुबेदीको शब्द अनि चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतमा गित बजारमा ल्याएकी हुन् । भिडियोमा चर्चित नायिका एबम मोडल बर्षा राउतले अभिनय र नृत्य गरेकी छन। भिडियोमा निर्देशन पछिल्लो समयको व्यस्त निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन्। अर्जुन तिवारीको छायंकन अनि दिपक बिष्ठको सम्पादन र कलरिंग रहेको छ ।
उक्त भिडियो गायिका कुसुम को आफ्नै युट्युब च्यानल देखि बजारमा आएको हो। गीतको सफलताको कामना हेरौ भिडियो












