आज २०७९ साल साउन २ गते सोमबारको राशिफल

प्रकाशित मिति:

मेष  – आम्दानी बढ्नेछ। शिक्षामा राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ।वृष  –शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।मिथुन – प्रतिस्पर्धी पराजित हुनेछन्। खानपानमा ख्याल गर्नुहोला। प्रेममा धोका हुने भएकाले तर्क वितर्क नगर्नु राम्रो हुनेछ।कर्कट – सवारी साधन चलाउँदा सचेत हुनुपर्ने देखिन्छ। व्यापार व्यवसायमा आफन्तको सल्लाह लिएर अगाडि बढ्नुहोला।

सिंह  –सोचेका योजना सफल हुनेछन्। पारिवारिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। पढाइमा जोश बढेनेछ।कन्या  – आज ठूलाठूला योजनामा हात नहाल्नु राम्रो हुन्छ। खुट्टा तान्ने सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।तुला – दिन सामान्य छ। योजनाका साथ अगाडि बढे सफलता मिल्नेछ। शिक्षामा राम्रो हुनेछ।वृश्चिक – मन खुशी रहनेछ। परिवारमा बढी तर्क वितर्क नगर्नुहोला। स्वास्थ्य अवस्था राम्रो देखिन्छ।

धनु- आफ्ना बोलीको प्रभावले गर्दा प्रतिस्पर्धी निस्तेज हुनेछन्। तर्क गर्दा मानिस प्रभावित हुनेछन्। प्रेममा धोका हुनेछ।मकर –आर्थिक लाभ हुने देखिन्छ। शैक्षिक क्षेत्र यथावत रहे पनि धार्मिक र परोपकारमा मन जानेछ।कुम्भ – शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। यो दिन एउटा महत्वपूर्ण भएकाले तपाईंले शिक्षा क्षेत्रमा लगानी गर्दा फाइदा हुनेछ।मीन  – दिन राम्रो छ। स्वास्थ्यमा गडबड आउने भएकाले खानपानमा राम्रो ख्याल गर्नुहोला।