बाबुराम भट्टराईको गिडगिडाहट !!!

प्रकाशित मिति:

 

अभिनास रेग्मी

नवलपरासी

बाबुराम भट्टराई अमेरिकी टेस्ट ट्युब बेबी हो जसलाई मिसेनेरीले पालन पोषण गरि पढायो, पाल्यो र नेपाल बिरोधी मिसनमा भरपुर प्रयोग गर्यो। गोरखामा पढ्नु, हुर्किनु र मिसेनेरिको छनोटमा पर्नु कुनै संयोग मात्र होइन, यो योजनाबद्द रणनीति हो।
बिशेषगरि बिदेशी प्यादा बाबुरामलाई तीनवटा मिसनमा प्रयोग गरियो।
१. इतिहास : राष्ट्र निर्माता एवं नेपाल पुनः एकीकरणका नायक पृथ्वीनारायण शाहका विरुद्धमा प्रयोग गरियो। कहिले नेपाल एकीकरणलाई बिस्तारवाद भन्न सिकाईयो त कहिले पृथ्वीनारायण नारायण शाह नै काल्पनिक हो भनियो। नेपालीको छाती गर्वले चौडा
हुने विषयमा षणयन्त्रको जालो बुनियो , धमिलो पानीमा माछा मारियो र परिस्थितिलाई अन्योलता र बिवादका बिच सडकमा अनाथ छोडियो।

२.भाषा: अहिले तिब्बती , रोहिग्या र ईन्डियनलाई देश भित्र घुसाएर परिस्थिति फरक बनाईदै छ तर नेपाल र नेपालीलाई पुर्व देखि पश्चिम् / उत्तर देखि दक्षिण जोड्ने एक मात्र भाषा नेपाली भाषा हो।
भाषागत बिबिधतालाई भेदभावको सुचिभित्र राखी वातावरण होडलियो । यसरी भाषामाथी आक्रमण गरेर नेपालीलाई नेपालीसंग बिछोड गराउन भट्टराई जस्ता प्यादा प्रयोग गरियो।

३.मौलिकता : सनातनकाल देखिका हिन्दु, बौद्ध , किरात , बोन, मैथल आदि २५०० बर्ष पुराना सभ्यता माथी आक्रमण गर्न बर्ग बाहेक जात, धर्म , लिङ्ग, रङ्ग, भेष- भुषा , मुल्य- मान्यता, रिति – रिवाज गरि विभिन्न तुरुप फाली नेपाली मौलिकता माथि आक्रमण गरियो।
यस्ता देश बिरोधिलाई जहाँ र जसरी भेट्यो त्यसरी उपचार गर्नुपर्छ ।