नवीन स्काउट ट्रुपको दिक्षान्त समारोह शनिबार बिद्यालयमा सम्पन्न भयको छ। उक्त दिक्षान्त समारोहमा ट्रुपमा सम्मीलित ब्वाय / गर्ल स्काउटले २४ ओटा दल सभामा भाग लिइ पहिलो तह सदस्यताको पाठयक्रम पूरा गरेपछि त्यसको मुल्यांकन स्काउट मास्टर बाट गराएपछि असल स्काउट छ भन्ने बिश्वास दिलाएर सदस्यताको दिक्षान्तमा भाग लिन पाउने प्राबधान अन्तर्गत नवीन औधोगिक कदर बहादुर रीता मा.बि.का प्रधानाध्यापक एवं नवीन स्काउटका स्काउट संरक्षक प्रेम बहादुर बस्नेतले दिक्षान्त समारोहमा स्कापबाट दिक्षित गर्नु भयको थियो।
स्काउटले दीक्षा प्राप्त गरेपछी नेपाल वायज , स्काउट सदस्यता वायज , बिश्व स्काउट वायज शोल्डर वायज र ट्रुपको स्काफ प्राप्त गर्नेछन ।१२८ जाना स्काउट बिद्यार्थीहरुको सहभागिता रहेको दिक्षान्त समारोहमा जम्मा १६ वटा प्याट्रोल मध्ये १२ वटा छात्रप्याट्रोल र ४ वटा छत्रा प्याट्रोल गरि कुल ४ वटा ट्रुप रहेका छन।
बिद्यालयका खेलकुद प्रशिक्षक तथा स्काउट मास्टर नवराज खरेल र स्काउट मास्टर बिद्या खडकाले उक्त कार्यक्रमको सहजीकरण गर्नु भयको थियो ।











