नोभेम्बरमा रिलिज हुँदै ‘उचाई’

प्रकाशित मिति:

काठमाडौँ– काठमाडौँदेखि सगरमाथाको फेद नाम्चेसम्म सुटिङ गरिएको बलिउड फिल्म ‘उचाई’ नोभेम्बर ११ मा हलमा रिलिज हुने भएको छ । बलिउडसँगै नेपालका पनि थुप्रै कलाकारले अभिनय गरेको फिल्मलाई सुरज बाडजात्याले निर्देशन गरेका हुन् । राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मको नेपालमा महिना दिनको हाराहारीमा सुटिङ गरिएको थियो ।

नेपाली प्रेमिका भेट्न भारतबाट नेपालको यात्रा गर्ने चार साथीको कथामा बनेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, वोमन इरानी, डेनी डेङ्जोपा र सारिका हुसेनको मुख्य भूमिका रहेको छ । सारिकाले नेपाली युवतीको भूमिका निर्वाह गरेकी हुन् जसलाई भेट्न अमिताभ बच्चन, वोमन इरानी, अनुपम खेर र डेनीले नेपालको यात्रा गर्छन् ।नेपालमा हुने सुटिङका लागि अनुपम खेर र वोमन इरानी आएका भए पनि अमिताभ बच्चन र डेनीले मुम्बईमा नै निर्माण गरिएको सेटमा अभिनय गरेका थिए । उनीहरूको काम डुप्लिकेट राखेर पूरा गरिएको थियो । फिल्ममा परिनीति चोपडा र नीना गुप्ताको पनि अभिनय रहेको छ ।

थप यो पनि

कोभिडका बिरामी बढ्दै

ललितपुर– मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइरहेका हुन् ।बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए । उनले भने, ‘यस सङ्क्रमणका बिरामी बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौँ उपत्यकामा उच्च रहेका छ ।’ प्रदेश नं १ मोरङमा पनि कोभिडका बिरामी बढ्दै गइरहेकाले महामारीलाई मध्यनजर गरी भीडभाड नगर्न तथा सभा अनि सम्मेलन एवं गोष्ठीमा भाग नलिनाका साथै स्वास्थ्य मापदण्ड पालना गर्न मुलुकवासीलाई दासले अनुरोध गरे ।

मुलुकमा कोभिडका बिरामी बढेसँगै आफूहरूले सो महामारी निदानका लागि दुई हजार ८०० को हाराहारीमा आइसीयु तथा एक हजार २७ भेन्टिलेटर एवं १५ हजार अक्सिजन सिलिण्डरका साथै १३२ अक्सिजन प्लान्टको जोहो गरिसकेको दासले जानकारी गराए ।