२ दिने Scout Adventure tranning camp ” मकवानपुर जिल्ला, थाहा नगरपालिका, चित्लाङमा सम्पन्न भयको छ। त्रि-पद्म रो/रे क्र्यु तथा इनोभेटिब ओपन क्र्यु को सम्युक्त आयोजना तथा युनिटि क्र्युको सहयोगमा भएको उक्त क्याम्प मा आधारभुत प्राथमिक उपचार एब्म बिपद ब्यवस्थापन को समेत तालिम भयको थियो। स्थानिय स्काउट कार्यलय ललितपुर महानगरपालिकाका सम्योजक गोपल महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भयको उक्त क्याम्पमा क्याम्प प्रमुख पवन कोइराला , क्याम्प सम्योजक राजन महर्जन र क्याम्प निर्देशक सबिन कृष्ण कर्माचार्य थिए।
त्रि-पद्म रो/रे क्र्युका 25, इनोभेटिभ ओपन क्र्यु का 16 तथा युनिटि क्य्रु का 1 जना समेत गरि जम्मा 50 जना को सहभगी थियो।समुदायमा ग्यास आग्लागी तथा भबितब्य पर्दा आधरभूत प्राथमिक उपचार तथा घाइते ओसार-पसार का सीप एब्म विभिन्न स्काउट गाठो का साथै बिना भाडाकुडा खाना बनाउने तालिम पनि दियको थियो।चन्द्रागिरी केबल कार सम्म हाइकिङ्ग गरि केबलकार मार्फत मन्दिर दर्शन गरि पुनः हाइकिङ्ग गरि बाटोमा भेटिएका फोहोर हरु सन्कलन गरि प्रतिकुल मौसममा पनि करिब 15 कि.मि.को यात्रा पश्चात् क्याम्प स्थल पुगेका सहभागीहरु दिक्षान्त समारोह मा समेत सहभागी भयका रोभर/रेन्जेरहरु क्याम्प निकै नै ज्ञानबर्धक भएको बताउछन। स्काउटिङ का 5 शैक्षिक पद्धति शारीरिक ,बौद्धिक ,सामजिक, भावनात्मक एब्म आध्यात्मिक समेटिएको उक्त क्याम्पमा सहभागिहरुले त्यस स्थानको सामाजिक अनुशन्धान पनि गरेका थिए।
हाम्रो सानो प्रयाश-नेपाल तथा के एन्ड के अन्तर्राष्ट्रिय कलेजको प्राबिधिक सहयोगमा भयको उक्त क्याम्पमा राम दास देउला एब्म रमेश देउला को सहयोग रहेको थियो।











