दि लार्जेष्ट युके एजुकेशन फेयर बुटवलमा

प्रकाशित मिति:

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले विदेशमा गएर पढ्ने भन्दा पनि विदेशको जस्तो शिक्षा स्वदेशमा नै स्थापना गर्नुपर्ने कुरामा जोड दिएका छन् । उनले यदि विदेश गएर अध्ययन गर्ने हो भने स्वदेशमा नै पुन: फर्केर आउने र सिकेको सिप व्यवहारमा लगाउनको लागि आग्रह गरेका हुन ।

बुटवलमा आयोजना भएको दि लार्जेष्ट युके एजुकेशन फेयर को शुभारम्भ गर्दै मेयर पाण्डेले बुटवल संभावना बोकेको क्षेत्र भएको भन्दै स्वदेशमा नै विदेशी लगानी भित्र्याउनको लागि गैरआवाशिय नेपाल संघ, विदेशमा गएर अध्यन गर्दै गरेका विद्यार्थीहरु संग आग्रह गरे । स्वदेशी उद्योगमा लगानी गरी यही नै रोजगारी प्रर्वद्धन गरी सोही अनुसारको उद्यमशिलता विकासमा लाग्नको लागि समेत आग्रह गरे । एस आइ यु केको आयोजनामा भएको कार्याल्लय शुभारम्भ तथा लार्जेष्ट युके एजुकेशन फेयर २०२२ अवसरमा मेयर पाण्डेले उक्त कुरा बताएका हुन ।

अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिमाझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एस आइ यु के नेपालले फेर आयोजना गरिएको संस्थाका डिरेक्टर विनय अधिकारीले जानकारी बताए ।उनका अनुसार प्रतिकुल मौसमको बाबजुत करिव १ सय भन्दा बढि विद्यार्थीहरुले फेयरमा प्रत्यक्ष सहभागी भएका थिए ।३० भन्दा बढी युकेका विश्वविद्यालयको शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाको सिनियर कल्सल्टेन्ट सुवास अधिकारी, रिर्टनी माईग्रेसनका कृष्ण अर्याल, राजनीतिकर्मी चित्र केसी, कमल सापकोटा, बालकृष्ण मरासीनी, विष्णु सापकोटा लगायतले आ आफ्नो भनाई राखेका थिए ।