लुम्बिनी वाणिज्य क्याम्पसमा विजनेश सेमिनार सम्पन्न

प्रकाशित मिति:

श्रावण १८ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा विजनेश सेमिनार बुधवार सम्पन्न भएको छ । एम.वि.ए.–वि.एफ.कार्यक्रम पाचौं तथा छैठौ ब्याचका विद्यार्थीहरुको आयोजनामा सम्पन्न भएको सेमिनारमा नबिल बैंकका डेपुटि सिइओ मनोज कुमार ज्ञवाली तथा नेपाल क्रिकेट संघकी पूर्व सिइओ भावना घिमिरे श्रोत व्यक्तिको रुपमा रहनुभएको थियो ।

सेमिनारमा प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले लुम्बिनी वाणिज्य क्याम्पसले अनुसन्धानका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सेमिनार नियमित रुपमा आयोजना गर्दै आएको बताउनुभयो । उहाँले क्याम्पसले जस्तै विद्यार्थीहरुले पनि आफ्नै अग्रसरतामा यस प्रकारको सेमिनार आयोजना गरेकोमा खुशि लागेको बताउदै यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई सिर्जनशिल बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

सेमिनारमा विशिष्ट अतिथि एवं श्रोत व्यक्ति ज्ञवालीले संघर्ष र असफलतालाई जित्दै वितेका आफ्नै जीवनका उत्प्रेरणात्मक कथाहरु प्रस्तुत गर्नुभएको थियो साथै उहाँले व्यवस्थापन शिक्षा, करियर प्लान, बैंकिङ क्षेत्रमा रोजगारीका अवसरहरु, उद्यमशिलताका लागि आवश्यक अठोट र पुँजी, सफलताका लागि लक्ष्य निर्धारण, नेतृत्व विकास, लगायतका बारेमा समेत बोल्नुभएको थियो ।

अर्का विशिष्ट अतिथि एवं श्रोत व्यक्ति घिमिरेले शैक्षिक यात्रा, वैदेशिक यात्रा र त्यहाबाट आफ्नै जन्मभुमीमा केही गर्छु भन्ने अठोटका साथ नेपाल प्रवेशको कथा, राजनीतिक दाउपेच र निलम्बनका विच क्यानमा भोगेका विभिन्न घटनाहरु लगायतका बारेमा बोल्नुभएको थियो ।
विद्यार्थी सुस्मिता तिमिल्सिनाको अध्यक्षता, विद्यार्थी दुर्गा डुम्रे र माया गहतराजको सञ्चालन तथा विद्यार्थी समृता भण्डारीको स्वागत मन्तव्य रहेको सेमिनारमा लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत ५०० बढी र रुपन्देही जिल्लाका विभिन्न क्याम्पसमा अध्ययनरत ६०० बढि विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमका मेन्टर एवं लुम्बिनी वाणिज्य क्याम्पसका शिक्षण सहायक सन्दिप पौडेलले जानकारी दिनुभयो ।