छोटो चलचित्र “स्वास्नी मान्छे ३ ” को टिजर सार्बजनिक

प्रकाशित मिति:

सुदीप गौतम। बुटवल – एक विवाहित पुरुषलाई श्रीमतीको महत्व कति हुन्छ भन्ने कथा झल्किने छोटो चलचित्र “स्वास्नी मान्छे ३ ” को टिजर सार्बजनिक भएको छ । सार्बजनिक टिजरमा लघु चलचित्रका मुख्य कलाकारलाई फ़िचरिङ्ग गरिएको छ।

चलचित्रको कथा सुदन गौतमले लेखेका हुन् भने सम्पादन निर्देशन र छायांकन दिपक परियारले गरेका हुन्। उक्त चलचित्रमा गिरि प्रसाद सुनार ,प्रेम कार्की , निशा सावत ,सरस्वती परियार ,बिष्णु पाण्डे ,बिष्णु रायमाझी ,सुदन गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रको केहि दृश्य खिच्न बाकि रहेको निर्देशक परियारले बताए । ओमी म्युजिक एण्ड ईन्टरटेनमेन्ट मार्फत चाडै रिलिज गरिने बताएका छन । हेरौ सार्बजनिक टिजर