आज २०७९ साल साउन २२ गते आइतबारको राशिफल

प्रकाशित मिति:

मेष – मन प्रसन्न हुनेछ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा भने समस्या आउनेछ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ।वृष  – बोल्दा ख्याल गर्नुहोला। साथीहरुभन्दा अरुबाट सहयोग मिल्नेछ। प्रेममा धोका पाइनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।मिथुन – सोचे अनुसार काम नहुँदा मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ।कर्कट – दिन सामान्य राम्रो छ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्।

सिंह – प्रसन्नता बढ्नेछ। पुराना रोगबाट छुटकारा मिल्नेछ। शत्रु नाश हुनेछ। स्वास्थ्यमा समस्या देखिन्छ।कन्या –दिन सन्तोषजनक रहेको छ। ज्ञानको उदय हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। अचानक लाभ हुनेछ।तुला  – शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। तर, शत्रु निस्तेज हुनेछन्।वृश्चिक – पुराना घाउ बल्झने सम्भावना छ। धार्मिक क्षेत्रमा मन जानेछ। बोल्दा ख्याल गर्नुहोला।धनु  – सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ। झुठा आरोप लाग्नेछ। सहयोगी बढ्नेछन्।मकर- मानसिक विचलन हुने देखिन्छ। शनिबार वरपिपलमा जल चढाउनुहोला।कुम्भ – आफन्तबाटै आरोप खेप्नुपर्नेछ। सम्पत्ति आर्जन हुनेछ। उत्साह बढ्नेछ।मीन – खर्च बढ्नेछ। भगवान शिवजीको स्मरण गरेरको थालेको काममा सफलता मिल्नेछ।