सरकारले प्रदान गरेको योजनालाई कार्यन्वयन सही ढंगले गर्नुहोस- मुख्यमन्त्री कुलप्रसाद केसी

प्रकाशित मिति:

मानसिंह विश्वकर्मा-साउन २५ लिबाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारले लिएको बजेटको कार्यन्वय सही ढंगले कार्यन्वयन गरी आम जनाको जीवन बढल्ने कुरालाई प्राथमिकता दिनका लागि कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।यस्तो विचार जिल्ला प्रशासन कार्यालय रोल्पाको आयोजनामा रोल्पा जिल्लाका संघ र प्रदेश लगायत विभिन्न कार्यालयको आर्थिक वर्ष २०७८/०८९ को समीक्षा तथा प्रगतिका बारेमा भएको अन्तरक्रिया कार्यक्रममा बताउनुभएको हो ।

मुख्यमन्त्री केसी कुलप्रसाद केसीले रोल्पा जिल्लाका सरकारी कार्यालयले काम गर्दा गर्दै पनि अपेक्षाकृत नभएको बताउँदै त्यसलाई सुधार गरी यस आर्थिक वर्षमा कार्यन्वयन गर्नका लागि सबैले नयाँ ढंगले अगाडि बढ्नका लागि निर्देशन दिनुभयो ।मुख्यमन्त्री केसीेले रोल्पा जिल्लाबासीहरुको आएको बजेटलाई फिर्ता पठाएर रोल्पाली जनताको विकासको कामलाई रोक्न नहुने बताउनुभयो ।मुख्यमन्त्री केसीले सरकारले बजेट प्रदान गरेको भए पनि कार्यन्वयनमा सही ढंगले कार्यन्वयन नभएको सबैले समीक्षा गर्नुपर्ने बताउनँदै भन्नुभयो:–“हामीले जनताको मतबाट विजयी जनप्रतिनिधीहरुले बजेट र प्रदान गरेको छाँैँ, तर पनि त्यो सही ढंगले लुम्बिनी प्रदेश सरकारले आफ्ना गौरवको आयोजनाहरुलाई पहिलो प्राथमिकता दिएर अगाडि बढेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारको प्रमुख आयोजना राजधानी निर्माण, कृष्णसेन जिवराज मार्ग, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी टेक्निकल विश्वविद्यालयलाई पहिलो ध्यान दिएको बताउनुभयो ।

मुख्यमन्त्री केसीले जनताको जीवन स्तर बढल्नका लागि सरकारले लिएको योजनालाई कार्यन्वयन गर्ने काम कर्मचारीहरुको भएको बताउँदै जनताकको सेवामा दत्तचित्त भएर काम गर्नका लागि निर्देशन दिनुभएको छ ।मुख्यमन्त्री केसीले जनताको जीवन स्तर नउठाउँदासम्म लुम्बिनी प्रदेशबासी समृद्ध नबन्ने बताउँदै त्यसका लागि आधारभूत किसान वर्गको जीवनलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।रोल्पा जिल्लाका संघ अन्तर्गतका शहीद मार्ग आयोजना, प्रधामन्त्री कृषि आधुनिकरण आयोजना, ग्रामीण सडक सुधार आयोजनाले आप्mनो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।यस्तै प्रदेश अन्तर्गतका पूर्वाधार कार्यालय, सिचाई डिभिजन कार्यालय, डिभिजन वन कार्यालय रोल्पा, पशु भेटनरी एवं विज्ञ केन्द्र रोल्पा, कृषि ज्ञान केन्द्र रोल्पा, जलाधार कार्यालय रोल्पा, विद्युत प्राधिकरण रोल्पा लगायत विभिन्न कार्यालयले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा संघीय सांसद जयपुरी घर्ती, ओनसरी घर्ती, प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगर, संविधान सभा सदस्य तारा घर्ती लगायतको आतिथ्यतामा रहेको थियो । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटोले सहजीकरण गर्नभएको हो ।