अक्सफोर्डद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत,उत्कृष्ट नतिजा ल्याउने १७ विद्यार्थीलाई नगद सहित पुरस्कृत
झविन्द्र देवकोटा-बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालले कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगर सहित पुरस्कृत गरेको छ । अक्सफोर्ड माविले ड्रिम ल्याण्ड मणिग्राममा एक कार्यक्रमको आयोजना गरि बिहीबार कक्षा ११ मा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा ११ कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित पुरस्कृत गरेको हो ।

कार्यक्रममा गएको ११ को परिक्षामा जिपीए ३ दशमलव ४४ देखि ३ दशमलव ७८ प्रतिशत ल्याउने १७ जना विद्यार्थीलाई नगद सहित पुरस्कृत गरेको विद्यालयले जनाएको छ । विद्यालयले ३ दशमलव ७८ जिपीए ल्याएकी विद्यार्थी दिया भुषाल, ३ दशमलव ७५ जिपीए ल्याएका सुमित पोखरेल र ३ दशमलव ७३ जिपीए ल्याएका अभियान रेग्मीलाई नगद १० हजार रुपैया सहित सम्मान गरेको विद्यालयका सहायक प्राचार्य सुमन भुषालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य १४ जना विद्यार्थीहरुलाई तीन÷तीन हजार नगद सहित सम्मान गरिएको थियो । ५ हजार २ सयबढी विद्यार्थी अध्ययनरत अक्सफोर्डमा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई हौसला प्रदान गर्नका लागि विद्यालयले प्रत्यक वर्ष पुरस्कृत गर्दै आएको प्राचार्य दिनेश भुषालले जानकारी दिनुभयो । अक्सफोर्डलाई शैक्षिक क्षेत्रमै अब्बल र स्तरीय बनाउनका लागि समय–समयमा विद्यार्थीलाई पुरस्कृत तथा सम्मान कार्यक्रम आयोजना गरिएको प्राचार्य भुषालले बताउनुभयो । प्राचार्य भुषालका अनुसार ३ दशमलव ६५ देखि ४ जिपीए ल्याउने विद्यार्थीलाई पुर्ण छात्रवृतिसँगै १० हजार नगद, जिपीए ३ दशमलव ४४ देखि ३ दशमलव ६४ ल्याउने विद्यार्थीलाई पुर्ण छात्रपृतिसँगै नगद तीन हजार तथा ३ देखि ३ दशमलव ४३ जिपीए ल्याउने विद्यार्थीलाई अंकका आधारमा २५ देखि ५० प्रतिशत मासिक शुल्कमा छुट दिएर विद्यालयले शैक्षिक प्रोत्साहन दिने गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला शिक्षा समन्वय ईकाइका प्रमुख दिपेन्द्र ढकालले विद्यार्थीको शिक्षण सिकाईमा अक्सफोर्ड कहिल्यै नचुकेका कारण उत्कृष्ट नतिजा दिन सफल भएको बताउनुभयो । उहाँले विद्यार्थी सफल हुन आत्मविश्वास, दृणता, लगनशिलता र अनुशासन अत्यन्त आवश्यक भएकाले विद्यार्थी अध्ययनमा एकाग्र भएर लक्ष्य प्राप्तीमा अग्रसर हुन आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालयवाट उत्पादित दक्ष जनशक्ति विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको उल्लेख गर्नुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा बिहीबार भएको कक्षा ११ मा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा ११ कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत कार्यक्रममा नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, राष्ट्रिय परिक्षा वोर्डका शाखा अधिकृत बाबुराम भण्डारी, पक्लिहवा कृषि क्याम्पसका सह– प्राध्यापक डा।मुक्ति पौडेल, अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी, विहानी संकाय प्रमुख विरबहादुर क्षेत्री, विद्यार्थी अमृत पाण्डे, रोजन पाण्डेले शैक्षिक गुणस्तरीयता कायम गर्नका लागि विद्यार्थीको लगन र मेहत आवश्यक रहेको धारणा राख्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई तथा नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्नु भएको थियो । शिक्षक नारायण सापकोटा, प्रदिप ज्ञवाली, भुविन्द्र मरासिनीको संयुक्त संचालनमा भएको कार्यक्रममा सामाजिक मिडिया पुरस्कारबाट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा दस जोड दुईका बिद्यार्थी अमन केसीलाई नगद १० हजार रुपैयाँ सहित पहिलो पुरस्कार प्रदान गरिएको हो । यस्तै द्वितीय भएकी काजन श्रीसलाई ८ हजार, तृतिय भएका दर्शन पान्डेलाई ५ हजारसँगै प्रोत्साहन पुरस्कारद्वारा तीन हजार सुनम मल्ललाई र दुई हजार आयसा रेग्मीलाई प्रदान गरिएको शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा बिज्ञान, ब्यवस्थापन, मनबीकी, शिक्षा संकायमा अध्ययन गर्न ८ सय ८२ जना नवआगन्तुक ११ कक्षाका बिद्यार्थीलाई स्वागत गरिएको विद्यालयले जनाएको छ । राष्ट्रिय कलाकार प्रताप दास एवं हास्य कलाकार सिता न्यौपानेले आआफ्नो प्रस्तुती देखाएको कार्यक्रममा तेक्वान्दो खेलको डेमो प्रदर्शन समेत गरिएको थियो ।










