बुटवल, २९ साउन । नेकपा एकीकृत समाजवादीका सचिव भागवत विश्वासीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन् । उनले दक्षिणपन्थी अवसरवादको दलदलमा फसेका कारण एमालेबाट विद्रोह गरेको उल्लेख गर्दै प्रतिगमनविरुद्ध काँग्रेससहितको शक्तिसँग गठबन्धन गर्नुुपरेको बताए ।
नेकपा एकीकृत समाजवादी रुपन्देहीको चौथौ पूूर्ण बैठकलाई आईतबार सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सह–इन्चार्ज समेत रहेका विश्वासीले केपी ओलीमा अझै पनि प्रतिगमनकारी सोच र व्यवहार देखिएकाले एमालेसँग कुुनै प्रकारको तालमेल हुन नसक्ने बताए । उनले संविधान, गणतन्त्रको रक्षाका लागि गठबन्धन गरेर जानुुपरेको बताउँदै आफूहरुको उपस्थिती विद्रोहको औचित्य पुष्टि हुने गरी आउने दावीसमेत गरे ।
बैठकमा पार्टीका पोलिटव्यूूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले मंसिर ४ पछि आफूहरुको उपस्थिती बलियो हुने बताए । उनले निर्वाचनलाई केन्द्रमा राखेर पार्टी संगठन तल्लोतहसम्म विस्तार गर्न निर्देशन दिए । अध्यक्ष पाण्डेले गठबन्धन हुुँदा लुम्बिनीमा आफूहरुको उपस्थिती सम्मानजनक हुने बताए । बैठकमा पार्टीका केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सचिव राजुु गुुरुङ, अर्का केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले बोल्दै अब नेकपा एकीकृत समाजवादीले जनतालाई उत्साह जगाउँदै निर्वाचनमा होमिने बताए
बैठकले प्रदेश र संघको निर्वाचनलाई केन्द्रीत गरी एक महिने संगठन बिस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टीका रुपन्देही जिल्ला अध्यक्ष अविराम विश्वकर्माले बताए ।भदौसम्म तल्लो तहसम्म संगठन विस्तार, पार्टीमा आबद्ध हुन चाहनेहरुलाई प्रवेश गराउनेदेखि संगठन चुस्त बनाउने निर्णय भएको सचिव सरिता श्रीसले बताईन् ।पार्टीका जिल्ला अध्यक्ष अविराम विश्वकर्माको अध्यक्षता, सचिव सरिता श्रीसको सञ्चालनमा भएको बैठकमा उपाध्यक्षद्वय चिनबहादुर गुरुङ, अर्का उपाध्यक्ष श्रीराम यादव र उपसचिव टंक पोखरेल बोलेका थिए । बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, रमा घर्ती, उमा काफ्ने, सल्लाहकार आदित्यनारायण कसौधनलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।












