हरितालिका तीजको अवसर पारेर दुरदर्शी महिला कृषि सहकारी संस्था देवीनगरले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ। हिन्दू नारीहरुको बिशेष पर्व मानिने तीजको अवसरमा पछिल्लो अवधिमा देखिने विकृतिलाई भन्दा हामीले यसको पौराणिक महत्य र हाम्रो संस्कृति लाई मौलीकतामा रहेर निरन्तरता दिनुपर्छ भन्ने उदश्यसहित आयोजना गरिएको सो कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका का उपप्रमुख सावित्रा अर्याल ले तीज पर्वको पौराणिक महत्व र यसको परम्पराकाे स्मरण तीजमा बसिने बर्त र यसको स्वास्थ संगको सम्ब्ध काे बिषयमा जानकारी गराउँदै हामी महिला हरु हरेक क्षेत्रमा आफुलाई अब्बल बनाउन पहिले आर्थिक रुपमा आफुलाई सक्षम बनाउन जान्नुपर्छ भन्ने सन्देशमुलक मन्तब्य राख्नु भएको थियो ।
विशिष्ट अतथि बुटवल उपमानगरपालिकाका 11 का जनप्रतिनिधि माया दर्नाल ले महिलाहरुको सामाजिक विकास र नेतृत्य विकासकाे लागि दुरदर्शी सहकारीले निकै रोचक कार्यक्रम गरिआएको र आउने दिनमा पनि यसलाई निरन्तरता दिनु पर्ने सहितको तीजको शुभकमना दिनु भएको थियो।त्यसै गरी संस्थामा आबद्ध हरेक सेयर सदस्य दिदीबहनीहरुलाई ससक्त र आर्थिक रूपमा सक्षम बनाउने उदेश्य ले विभिन्न समयमा धेरै सिपमुलक तालिम दिँदै आएको र तालिम पछि दिदीबहिनी हरु आफुलाई सक्षम बनाउँदै अरूलाई पनि स्वरोजगारी बनाउन सफल हुनुभएको र यी र यस्ता आत्मानिर्भर बनाउने कार्यक्रमलाई आउने दिनमा थप निरन्तरता दिने प्रतवद्धता सहित हामीले हरेक ठाउँमा आफ्नो जिम्मेवारी लाई सधैं सकारात्मक र सकृय रूपमा वहन गर्नुपर्छ भन्ने धारणा संस्थाका अध्यक्ष मीना कार्कीले राख्नुभएको थियो।
सो कार्यक्रममा संस्थाको तर्फबाट सञ्चालक सविता सुनार ले स्वागत मन्तब्य राख्नुभएको थियो ।सो दिनको कार्यक्रम काे व्यवस्थापन निकै सभ्य र भव्य रुपमा संस्थाका व्यवस्थापक संगिता खत्री, अन्जु थापा र बसन्ती खातीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव शोभा रानाले गर्नुभएको











