गजलकारले आमा,बुबाको महिमा गजलमै कोरे

प्रकाशित मिति:

सन्तानकै निम्ति सोच्ने जात आमा,बुबाको।
जो कोहीको साथ भन्दा ठूलो लात आमा,बुबाको।

भोकै बसि खुवाउनु भो कि हुर्काउँदा हामीलाई
आफू अघाइ नबिर्सौं दाल्,भात आमा,बुबाको।

सकिँदैन पल्टाएर जत्ति छिटो गरेपनि
संघर्षको इतिहासका खात आमा,बुबाको।

ख्याल राखौं परिश्रमका ठेलाले भरिएका
अाशिर्वाद दिने माथमा हात आमा,बुबाको।

फलानो निवास् लेखेको महलमा सन्तती र
नहोस् है बृद्धाश्रममा जमात आमा,बुबाको।

~पूर्ण भण्डारी”पवित्रदीप”