रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकद्धारा तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसले तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । नारिहरुको महान पर्ब हरितालिका तिजको अबसर क्लबमा आबद्ध दिदि बहिनिहरुलाई जम्मा गरि तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । दिदि बहिनिहरु सग एक आपसमा चिनजान तथा होस भन्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष बिष्णु घिमिरेले बताउनु भयो । उहाले क्लबको वार्षिक कार्यक्रम अन्र्तरगत यो बर्ष पनि तिज मिलन कार्यक्रम राखिएको बताउनु भयो । सामाजिक क्षेत्रमा केहि गर्नु पर्छ भन्ने उद्धेश्यले खोलिएको क्लब भएको हुदा समाज परिबर्तनका निम्ती बिभिन्न खालका रचनात्म कार्यक्रम गदै आएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्तिलोतमा नगरपालिकाका उप प्रमुख जागेश्बरी चौधरीलले रोट्रयाक्ट क्लब अफ बुटबल रामापिथेकसले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्बपूर्ण रहेको बताउनु भयो । क्लबले नारिहरुको महान पर्ब हरितालिका अबसर पारेर तिज मिलन तथा दर खाने कार्यक्रम राखेर नारिहरुलाई थप अगाडी बढनको लागि प्रोसाहन गरेकोमा धन्यबाद गर्नु भयो यो तिज पर्बलाई तडक भडक साथ नमनायर आपनो क्षमता अनुसार मनाउनको लागि आग्रह गनु भयो । क्लबलाई आगामि दिनमा अगाडी बढनको निम्ती तिलोतमा नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गनु भयो ।

 

कार्यक्रममा क्लबका चिफ एडभाइजर राजेन्द्र ढकालले क्लबले स्थापना काल देखि नै बिभिन्न खालका कार्यक्रमहरु गदै आएको बताउनु भयो यो बर्ष बिभिन्न रचनात्मक खालका कार्यक्रमहरु सन्चालन गर्न आग्रह गनु भयो । कार्यक्रममा क्लबका पूर्ब अध्यक्ष साजन भण्डारी , पूर्ब अध्यक्ष दिपक चापागाई , पूर्ब अध्यक्ष बिजय कार्कि लगायतले मन्तब्य राख्नु भएको थियो कार्यक्रम क्लबका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षयता तथा सचिब सिद्धार्थ आचार्यको सन्चालन तथा कार्यक्रम सयोजक क्लबका उपाध्यक्ष प्रकास पोखरेललको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।