जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाँदै पल

प्रकाशित मिति:

अभिनेता पल  पूर्णविक्रम  शाह जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन्।नाबालिक बलात्कार अभियोग लागे शाहलाई मंगलबार नवलपुर जिल्ला अदालतले यौन दुराचारको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।

अदालतको पूर्णपाठ आउनै वित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारीमा आफूहरु रहेको पलका वकिल कमलामोहन वाग्लेले बताएका छन्।