शान्ति नमुनामा अभिभावक भेला

प्रकाशित मिति:

तिलोत्तमा, भदौ २४ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज शुक्रबार अभिभावक भेला गरिएको छ ।
कक्षा ९ मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको थियो ।

कार्यक्रममा विद्यालयका नेपाली माध्यम संयोजक लोकनाथ कंडेल, अङ्ज्रेजी माध्यम संयोजक दिपेन्द्र शाक्य, कक्षा १० का संयोजक शेखर पौडेल, कक्षा ९ का संयोजक रजनी के.सी.ले अभिभावकहरुले राख्नुभएको जिज्ञासा समाधान गर्दै विद्यालयका गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

विद्यालयका सह–प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शिक्षक दिनेश खड्काले गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा ९ मा अध्ययनरत ५ सय ८६ जना विद्यार्थीहरुका अभिभावहकहरुको सहभागिता रहेको थियो ।