बुटवल कालिका क्याम्पसमा भिडियो विज्ञापन प्रतियोगिता सम्पन्न; प्रथम नेपाल समुह

प्रकाशित मिति:

बुटवल कालिका क्याम्पसमा भिडियो विज्ञापन प्रतियोगिता सम्पन्न भएको छ।विद्यार्थीहरुको बिचमा आपसी समन्वय कायम गर्ने तथा विद्यार्थीहरुमा निहित ज्ञान तथा शिर्जनात्मक कलाको उजागर गर्ने उद्देश्यकासाथ नयाँ भर्ना कार्यक्रमलाई मध्य नजर गर्दै कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रम क्याम्पस प्रमुख घनश्याम पाठकको उपस्थितिमा भएको थियो। कार्यक्रममा प्रतियोगी विद्यार्थीहरु तथा कार्यक्रम संयोजक श्याम प्रसाद सापकोटा बि.बि.एस संयोजक बुद्धिराम चौधरी साथै निर्णयक केशव न्यौपाने प्रभात पौडेल संगै क्याम्पस शिक्षक लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख साथै कार्यक्रम अध्यक्ष पाठकले ” क्याम्पस स्थापना गर्ने योजना बनाएको दिन देखि अहिलेसम्मको संघर्ष र सफलताको जानकारी गराउदै यहाँ सम्म आइपर्नु विद्यार्थीहरुको पनि साथ सहयोग रहेको बताउदै , यस्तो किसिमको कार्यक्रम नेपालमै पहिलोपटक आयोजना भएको दाबी गर्दै मन्तव्य व्यक्त गर्नु भएको छ।

कार्यक्रममा एघार जना विद्यार्थी प्रतिस्पधीहरुले सहभागी हुँदै भिडियो विज्ञापन सहित आफ्नो प्रस्तुति देखाएका थिए । उक्त प्रतियोगितामा बि.बि.एस प्रथम बर्षका मधुसूदन नेपालको समूह प्रथम , बि.बि.एस दोस्रो बर्षको राजु सुनारको समुह दोस्रो त्यसैगरी बि.बि.एस प्रथम बर्षको शैलेश पन्थीको समुह तेस्रो स्थान हासिल गरेका छन् । कार्यक्रम श्याम प्रसाद सापकोटाले संचालन गरेका थिए।