प्रधानसेनापति शर्मा र अमेरिकाका राजदूत बेरीबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं, भदौ २७ – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत रेन्डी डब्ल्यू बेरीबीच भेटवार्ता भएको छ ।जंगी अड्डास्थित प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भेटवार्तामा राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा प्रधान सेनापति महारथी शर्माले राजदूतले पूरा थरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिएका थिए । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।