शिक्षा क्षेत्र गुणस्तरी बनाउन र सुधार गर्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने

प्रकाशित मिति:

भैरहवा, भदौ २८ । शिक्षा क्षेत्र गुणस्तरी बनाउन र सुधार गर्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने पशुपति कलेजका क्याम्पस प्रमुख कृष्ण प्रसाद शर्माले बताएका छन् । देशको शिक्षाको गुणस्तरमा अपेक्षीत सुधार ल्याउने हो भने नीति नियम बनाउँदा सामुहिक जिम्मेवारी र उत्तरदायी र जसले जे जिम्मेवारी पूरा गरेको छ त्यो पूरा गर्दै जानु पर्ने बताउँदै भाइचाराको सम्बन्ध राख्नु पर्ने प्रमुख शर्माले बताए ।

कलेजको स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत र चौथो वर्षको अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ कार्यक्रममा बोल्दै व्यवस्थापन संकाय प्रमुख खिमानन्द चापागाईले गुणस्तरी शिक्षा अहिलेको आवश्यकता रहेको बताए । स्नातक दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीद्वारा आयोजना गरिएको स्वागत तथा बिदाइ कार्यक्रममा स्नातक दोस्रो वर्षमा अध्ययनरत तुल्सी अधिकारीको अध्यक्षता, कोपिला चौधरीको स्वागत मन्तव्य र रबिन मगरले बिदाइ मन्तव्य राखेका थिए भने दुर्गा जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।