राष्ट्रपतिद्वारा पाँच विधेयक प्रमाणीकरण

प्रकाशित मिति:

काठमाडौं, भदौ २८ – राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीबाट विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो ।संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रियसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका पाँच विधेयक प्रमाणीकरण भएको विज्ञप्तिमा उल्ल्ेख छ ।

विज्ञप्तिअनुसार राष्ट्रपतिले तथ्यांक सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संसोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।त्यस्तै सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।