भगवान भण्डारीको नयां गीत मैले हारे  सार्बजनिक

प्रकाशित मिति:

वरिष्ठ लोक तथा दोहोरी गायक भगवान भण्डारीको शब्द, संगीत र स्वरमा नयाँ गीत ‘मैले हारेँ’ को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । पोखरा घर भई हाल अमेरीकाको बाल्टिमोर सहरमा बस्दै आएका सुशील पंगेनीले उक्त म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।यसभन्दा अगाडि पनि उनका थुप्रै आधुनिक तथा लोकदोहरी गीत बजारमा आइसकेका छन् ।

शंकर बिसीले निर्देशन गरेको उक्त गीतको भिडियोमा सुशील पंगेनी, सागर घिमिरे र माधवी भण्डारी अभिनय रहेको छ । गीतको म्युजिक भिडियो भगवान भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।BLOOD DONARS ASSOCIATION (BDA) मेरिल्याण्डका अध्यक्ष समेत रहेका निर्मात पंगेनीले अबका दिनमा आफ्नै जन्मथलोमा आएर नयाँ गीत बनाउने योजना रहेको बताउनु भयो।