शान्तिको खेलमा ज्ञानगंगा बिजयी

प्रकाशित मिति:

तिलोत्तमा, असोज २ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तरगत आज आइतबार भएको खेलमा ज्ञानगंगा पाठशाला बिजयी भएको छ । गिर्वाण सरस्वती संस्कृत तथा साधरण मा.वि. लाई ८–० को गोल अन्तरले हराउदै ज्ञानगंगा अघिल्लो चरणमा प्रवेश गरेको हो ।
ज्ञानगंगाका लागि बिशाल राना र सन्तु दंगोरियाले ३–३ गोल गरे भने मिलन राना र राजेश रोकाले १–१ गोल गरेका खेल संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

यसअघि शान्ति नमुना मा.वि. का प्रधानाध्यापक कुल प्रसाद लामिछाने र गिर्वाण सरस्वती संस्कृत तथा साधरण मा.वि.का प्रधानाध्यापक केदारचन्द्र पराजुलीले संयुक्त रुपमा रेफ्रीलाई फुटबल प्रदान गरेर आजको खेलको उद्घाटन गर्नुभएको थियो ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच जारी प्रतियोगितामा २७ समूहले सहभागीता जनाएका छन् ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।