हय्या कार्ड नभएका भिजिटरले नोभेम्बरदेखि कतार प्रवेश नपाउने

प्रकाशित मिति:

दोहा – फिफा विश्वकपलाई मध्यनजर गर्दा हय्या कार्ड नभएका भिजिटरहरूलाई नोभेम्बरदेखि कतार प्रवेशमा रोक लगाइने भएको छ।कतारको गृह मन्त्रालयका अनुसार विश्वकपको हय्या भएका भिजिटरहरुलाई मात्र प्रवेश गर्न अनुमति दिने भएको हो।

आगामी नोभेम्बर १ तारिखदेखि हय्या कार्ड नभएकाहरुलाई हवाई, स्थल र समुद्री नाकाबाट कतार प्रवेशमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।यो नियम आगामी डिसेम्बर २३ तारिखसम्म जारी रहनेछ। तर कतारी नागरिक, कतारको आइडी होल्डर र कतारको वर्किंग भिषा प्राप्त गरेकालाई अपवाद स्वरूप छुट दिइनेछ। साथै हय्या कार्ड होल्डरहरू २३ जनवरी २०२३ सम्म कतारमै बस्न दिइने छ।२० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकपका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ।