फुलै फुलको लुम्बिनी प्रदेश बनाउँछौ : लुफ्यान अध्यक्ष पाण्डेय

प्रकाशित मिति:

बुटवल ,६ असोज । लुम्बिनी प्रदेशलाई फुलै फुलको प्रदेश बनाउन सकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । प्रदेशमा फुल खेतीको सम्भावना र राम्रो उत्पादन हुने भएकाले फुलै फुलको प्रदेश बनाउन सकिने लुम्बिनी फ्लोरीकल्चर एशोसिएसन अफ नेपाल लुफ्यानको प्रथम साधारण सभा तथा अधिवेशन बोल्ने बक्ताहरुले बताएका हुन । बिहिबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको कार्यक्रममा लुफ्यानका अध्यक्ष रमेश पाण्डेयले हिमालदेखि तराईसम्म फैलिएको लुम्बिनी प्रदेशमा फुल खेतीको सम्भावना राम्रो भएको बताउँदै लुम्बिनीमा फुल्ने फुलहरुलाई विदेशमा समेत बेच्न सकिने सम्भावना रहेको बताए ।

लुम्बिनी प्रदेश फुलमा आत्मनिर्भर बन्दै गएको बताउँदै उनले फुल खेती तर्फ किसानको आकृषण बढ्दै गएको बताए । लुफ्यानले फुल उत्पादन गर्ने किसानको हक हितमा काम गर्दै घर घरमा कौसी खेतीको विस्तार गरीने पाण्डेयको भनाई छ ।लुम्बिनी प्रदेश कृषि तथा भूमि ब्यवस्था मन्त्रालयका निमिक्त सचिब अनिल मरासिनीले प्रदेशलाई फुल उत्पादनमा आत्मनिर्भर बनाउनको लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।फुल खेती आय आर्जनको आयआर्जनको राम्रो माध्यम बन्दै गएको बताउँदै उनले यसबाट वातावरणमा सौन्र्दयकरणमा समेत योगदान रहेको चर्चा गरे । फुल खेती ब्यवसयालाई पर्यटन र मौरीपालनसँग जोड्न सकिने सम्भाना रहेको मरासिनीले बताए । यस्तै कृषि विकास निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेयले कृषि क्षेत्रको विकासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयमबाट सहयोग हुँदै आएपनि लगानी अनुसारको उपलब्धि हासिल हुन नसेकोमा चिन्ता ब्यक्त गरे ।

पछिल्लो समय पुष्पखेती तर्फ किसानको आकृषण बढ्दै गएको बताउँदै उनले पुष्प खेती आर्थिकसँगै प्राकृतिक सौन्दर्यकरणमा समेत योगदान रहेको चर्चा गरे । यस्तै कार्यक्रममा कृषि अधिकृत दयाराम बस्याल , जनप्रतिनिधि डायमण्ड गिरी, निर्वाचन संयोजक टिकानिधी गौतमले कार्यक्रममा बोलेका थिए ।

लुफ्यानमा पुनः अध्यक्षमा पाण्डेय- यस्तै प्रथम अधिवेशनबाट पुनः रमेश पाण्डेयको अध्यक्षतामा ११ जना निर्विरोध चयन भएका छन । जसको उपाध्यक्षमा सरस्वती लामिक्षाने पौडेल , महासचिबमा चन्द्र प्रसाद भट्टराई, सचिबमा सावित्रा भण्डारी, कोषाध्यक्षमा नविना भण्डारी चयन भएका छन । यस्तै सदस्यहरुमा मिना पाण्डेय, बिमला खनाल, सरुमल्ल न्यौंपाने,चेत नारायण अर्याल, ज्ञानेन्द्र पौडेल,मायादेवि भट्टराई, चयन भएको निर्वाचन संयोजक टिकानिधी गौतमले जानकारी दिए