शान्तिको फुटवलमा सेमिफाइनल सेमिकरण पूरा

प्रकाशित मिति:

तिलोत्तमा, असोज ८ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिताको सेमिफाइनल सेमिकरण पूरा भएको छ ।
रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा आज शनिबार क्वाटर फाइनलका खेल सकिएपछि सेमिफाइनलमा पुग्ने टिमको टुङगो लागेको हो । आज भएको पहिलो क्वाटर फाइनल खेलमा शान्ति नमुनाले लुम्बिनी सिटी कलेजलाई ३–१ को गोल अन्तरले हराउन सफल भएको छ । शान्तिको जीतका लागि शेखर पौडेलले २ गोल गरे भने उत्सव गुरुङले १ गोल थपेका हुन् । यस्तै लुम्बिनी सिटीका लागि १ मात्र गोल सुनिल गुरुङले गर्न सफल भए ।
त्यस्तै दोस्रो क्वाटर फाइनल खेलमा अक्सफोर्ड मा.वि. ले पर्ल मा. वि.लाई सडेन डेथमा हराएको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोएिपछि विजेताको टुङ्गो पेनाल्टी हुँदै सडेन डेथमा गएर लागेको थियो ।
त्यस्तै तेस्रो क्वाटर फाइनलमा जनता मा.वि.लाई १२–२ को गोल अन्तरले हराउदै पामिर इन्टरनेशनल एकेडेमीले सेमिफाइनलको यात्रा तय गरेको छ । पामिरको जीतमा केशव कुमार क्षेत्रीले ट्रिपल ह्याट्रिक गरे भने बिनोद रनपाल, अनमोल कुवँर र आशिस ज्ञवालीले १–१ गोलको योगदान गरे ।
त्यस्तै चौथो क्वाटर फाइनलमा न्यू होराइजन बोडिङले शंकर मा.वि.लाई ३–० को गोल अन्तरले हराएको छ । होराइजनको जीतका लागि मनोज सिल्वालले २ गोल र भेष बहादुर रेष्मीले १ गोल गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत आइतबार साँझ ४ बजे हुने पहिलो सेमिफाइनलमा आयोजक शान्ति नमुना मा. वि. र अक्सफोर्ड मा.वि. आमने सामने हुनेछन भने साँझ ५ बजे हुने दोस्रो सेमिफाइनलमा पामिर एकेडेमीले न्यू होराइजन मा.वि.को सामना गर्ने शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।
प्रतियोगिताको फाइनल खेल असोज १० गते दिउसो २ बजे हुनेछ । प्रतियोगिताका विजेता र उपविजेतालाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजक क्लवका सचिव नारायण ज्ञवाली बताउनुभयो ।