पोर्चुगलको सानदार जित

प्रकाशित मिति:

एजेन्सी । युइएफए नेसन्स लिगमा पोर्चुगलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकालाई ४(० गोल अन्तरले पराजित गरको हो ।

खेलको ३३औं मिनेटमा डिएगो डालोटको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा ब्रुनो फनाएन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।५२औ मिनेटमा डिएगो डालोटले गोल गरेपछि पोर्चुगल ३–० ले अघि बढ्यो । ८२औँ मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई सानदार जित दिलाए ।यस जितसँगै पोर्चुगल लिग ए ग्रुप दुई बाट ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित चेक ४ अंक जोडेर पुछारमा रहेको छ । स्पेनको ८ तथा स्वीट्जरल्यान्डको ६ अंक छ । यही समूहको अर्को खेलमा स्वीट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गरेको छ ।