लुम्बिनी प्रदेश युवा परिषदले युवा उधमशीलता विकास तथा प्रवर्द्वन सम्बन्धि अभिमुखीकरणा कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

प्रदेश युवा पिरषद लुम्बिनी प्रदेशको आयोजना तथा सैनामैना नगरपालिका रुपन्देहीको समन्वयमा युवा उधमशीलता विकास तथा पर्वद्वन सम्बन्धि अभिमुखीकरणा कार्यक्रम युवा परिषदका उपाध्यक्ष गोविन्द ब खत्रीको अध्यक्षता सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र शर्माको प्रमुख अतिथ्यता राष्ट्रिय युवा परिषदका सदस्य सन्दिप सापकोटा तथा बाबुराम बन्जाडे प्रदेश युवा परिषद सदस्य आयुशा कंडेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

सोही अवसरमा बोल्दै प्रमुख अतिथि शर्माले आर्थिक संविद्वकाे मुल आधार नै उधमशीलता भएकोले नगरपालिका लघु उधम विकास कार्यक्रम सञ्चालन गर्न तर्फ लागिएको हुदा सोको लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने बताउनु भयो । कार्यकारी उपाध्यक्ष गोविन्द ब खत्रीले युवाहरुलाई देश मै रोजगारीका अवसरहरु सिर्जना गर्नको लागि परिषद्ले सीप र प्रविधि सहयोग गर्ने बताउनु भयो ।

उक्त अभिमुखीकरण कार्यक्रममा युथ करियर विकास सम्बन्धि युवा परिषद सदस्य बाबुराम बन्जाडे र उधमशीलता विकास सम्बन्धि युवा परिषद सदस्य सन्दिप सापकोटाले प्रशिक्षाण दिनु भएको थियो ।सो कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी सदस्य सरोज खनालले सञ्चालन गर्नु भएको थियोे ।