तिहारको पुर्व संध्यामा न्युयोर्कमा साँस्कृतीक कार्यक्रम

प्रकाशित मिति:

२३ अक्टूबर २०२२, न्युयोर्क अमेरीका: शुभ-दिपावली २०७९ को पुर्व संध्यामा देश विदेशमा छरीएर रहेका नेपालीहरूमा पनी पर्वको रौनक दिनानुदिन बढीरहेको छ । छुट्टीकोसमयमा सपरीवार संस्कृति झल्कीने नाचगान एवं खानपान र भेटघाटमा रमाउनु चाहनु स्वाभाविक नै हो। यसै अवसरमा तमु सोसाइटीन्युयोर्क द्वारा युनाईटेड शेर्पा एसोसिएशनको हलमा आयोजित तिहारको शुभकामना आदान-प्रदान एवं साँस्कृतीक कार्यक्रममा विभिन्नकलाकारहरूले आफ्नो नृत्य एवं गायन कला प्रस्तुत गरेका थिए भने गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका कार्यसमितीसदस्य श्री सुर्य सिंमखडा र श्रीमती भावना सिंमखडाकी छेरी एंव बाल कलाकार सुप्रीना सिंखडाले अत्यन्त मनमोहक नृत्य प्रस्तुत गरीसबैको मन जीतेकी थिईन।

स्मरण रहोस्, प्रवासमा रहेका नेपालीहरीमा देश झल्काउने कला एवं देउसी भैलो जस्ता परम्परागत नेपालीसंस्कृतीको प्रवर्द्धन र संरक्षण गर्दै साना साना नेपाली अमेरीकी बालबालिका हरु समेत रमाउने हुटहुटी अत्यन्त बढ्दो छ।गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका एंव परिवारले तिहार, नेपाल सम्बत ११४३ र छठ पर्वको देश विदेशमा छरीएर रहेका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।