स्काउटको देउसी भैलोको रकम सामाजीक काममा लगाइने

प्रकाशित मिति:

बुटवल २३ कात्तिक- बुटवल स्थीत नविन औद्योगिक कदरबहादुर रिता माविको नविन स्काउट ट्रुपसहित तीन वटा स्कूलको स्काउट टोलीले सयुक्त रुपमा खेलेको देउसी भैलोको रकमलाई सामाजिक काममा उपयोग गरिने भएको छ । दीपावलीका अवसरमा रुपन्देहीमा नवीन स्काउट ट्रुप ,नवज्योति स्काउट ट्रुप र इडन स्काउट ट्रुपद्वारा देउसी भैलो कार्यक्रम २०७९ गरिएको थियो ।

नविन माविका स्काउट शिक्षक नवराज खरेल र स्काउट मास्टर बिद्या खडकाले विद्यालय स्काउटमा आवद्ध विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तरगत देउसी भैलोमा सहभागि गराइएको बताए ।देउसी भैलोबाट संकलन भएको रकम सामाजिक काममा लगाउने भन्दै उनले यस किसिमका कामले विद्यार्थीहरुलाई पढाइका साथ साथै सामाजिक काम तर्फ अग्रसर हुन प्रेरणा मिल्ने बताए । देउसी भैलोले मनोरञ्जन प्रदान गर्ने भन्दै उनले यसबाट संकलित रकम सामाजिक काममा लगाउदा विद्यार्थीहरुमा थप सकरात्मक ज्ञानको विकास गराउने उनले बताए । तीन विद्यालयका स्काउटमा आवद्ध विद्यार्थीहरु तिहारमा विभिन्न ठाउमा देउसी भैलो खेलेका थिए । देउसी भैलोलाई एकादशीका दिन खेलेर समापन गरेका थिए । नेपाल स्काउट नवज्योति , नवीन र इडन स्काउट ट्रुपको देउसी भैलो २०७९ संकलित रकमबाट सहयोगार्थ बुटवल ११ स्थित नेपाल अपाङ्ग आश्रममा भोजन बितरण तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको शिक्षक खरेलले बताए । उनका अनुसार यही कात्तिक २५ गते शुक्रबार आश्रममा कार्यक्रम गरिदै छ ।

खरेल र खडाकाले हाल बुटवल देविनगर स्थित नवीन औधोगिक कदर बहादुर रीता माबी , नहरपुर स्थित इडन स्कुल र मनिग्राम स्थित नवज्योति बोर्डिङ स्कुलमा स्काउट कक्षा सञ्चालन गर्दै आउनु भयको छ । उहाँहरुले करिब २५० जाना स्काउट बिद्यार्थीहरुलाई प्रशिक्षण दिदै आउनु भयको छ ।बिद्यार्थीहरु लाई समाजिक सेवा र देश भक्तिको भावना जागरुक गर्नको साथै नैतिक शिक्षा सिकाउन स्काउट महत्त्वपूर्ण भएक खेरेलले बताउनु भयो।