स्याङ्जा, ७ मंसिर । निर्वाचनको झुठा समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गरेको भन्दै नेकपा एमाले स्याङ्जा क्षेत्र नम्बर २ उम्मेदवार पद्मा अर्याल विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
चापाकोटमा बुथ कब्जा भएको भन्दै मंसिर ४ गते देखी नेकपा एमालेले सामाजिक संजालमा भाइरल बनाएको उक्त भिडियो चापाकोटको नभई अन्यत्रको भएको आज पत्ता लागेको हो । चापाकोटका केही स्थानमा नेपाली काङ्ग्रेसले बुथ कब्जा गरेको भन्दै बुथ कब्जाको प्रमाण स्वरुप निर्वाचन आयोगलाई नेकपा एमाले उक्त भिडियो दिएको थियो । निर्वाचन आयोगले उक्त भिडियो चापाकोटको नभई अन्यत्र भएको ठहर गरेपछि नेकपा एमालेले बुथ कब्जा भनी लगाएको आरोप प्रति सर्वत्र प्रश्न चिन्ह खडा भएको छ ।