काठमाडौं, मंसिर ८ : दाङ क्षेत्रनम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन् । गठबन्धनकी साझा उम्मेदवार रहेकी शर्माले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् ।
बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार शर्माले १९६ काे झिनो मतान्तरले पोखरेललाई पराजित गरेकी हुन् माओवादीकी उम्मेदवार शर्माले २६ हजार ८ सय ७७ मत ल्याएकी छन्। यहाँ पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याए। रेखा प्रत्यक्षतर्फबाट पहिलो पटक सांसद भएकी हुन्।












