शान्ति नमुनामा खेल सप्ताह शुरु

प्रकाशित मिति:

रुपन्देही, माघ ३ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माविको ६४ औं वार्षिकोत्सको अवसरमा मंगलबारदेखि खेल सप्ताह शुरु भएको छ ।
आज भएको १०० मिटर दौड अन्तर्गत कक्षा ६ मा छात्रतर्फ नेत्र बानिया प्रथम, तिलक बुढा मगर द्वितीय र अविरल गौतम तृतीय भएका छन् । छात्रातर्फ गरिमा गुप्ता प्रथम, मुस्कान सुनार द्वितीय र दिपिका बयम्बु तृतीय भएका छन् । त्यसैगरी १०० मिटर दौड अन्तर्गत कक्षा सातमा छात्रतर्फ प्रकाश बानिया प्रथम, रामु गौडेल द्वितीय र लक्ष्मण गौडेल तृतीय भएका छन् भने छात्रातर्फ निकिता ज्ञवाली प्रथम, सुरक्षा घिमिरे द्वितीय र पुर्णिमा थारु तृतीय भएका छन् ।
यसैगरी १०० मिटर दौड अन्तर्गत कक्षा ८ मा छात्रतर्फ आकाश नेपाली प्रथम, विक्रम गाहा द्वितीय र जोसेफ सारु तृतीय भएका छन् । छात्रातर्फ एन्जेल सारु प्रथम, अन्सु उप्रेती द्वितीय र सावित्रा गौडेल तृतीय भएका छन् । त्यसैगरि कक्षा ९ मा छात्रतर्फ सुजन सुनार प्रथम, शिव खनाल द्वितीय र विकास श्रेष्ठ तृतीय भएका छन् भने छात्रा तर्फ अस्मिता परियार प्रथम, आयुशा आचार्य द्वितीय र अन्किता भुषाल तृतीय भएका छन् ।
आजै भएको ब्याडमिन्टन प्रतियोगितामा कक्षा ६ मा छात्रतर्फ लिकेश पाण्डेय प्रथम, आयुष पाण्डे द्वितीय र उत्सव खरेल तृतीय भएका छन् । छात्रातर्फ खुश्बु थापा प्रथम, बन्दना भुषाल द्वितीय र मुस्कान सुनार तृतीय भएका छन् ।
यसैगरी आजै भएको बाघचाल प्रतियोगितामा कक्षा ६ मा छात्रतर्फ रोशन थापा प्रथम भएका छन् भने कक्षा सातबाट मनिषा पाण्डे प्रथम भएकी छन् । कक्षा आठमा छात्रतर्फ रोशन अर्याल प्रथम भएका छन् भनें छात्रातर्फ प्रतिभा लम्साल प्रथम भएकी छन् । कक्षा नौमा छात्रतर्फ बिपिन काफ्ले प्रथम भएका छन् भनें छात्रातर्फ आयुशा आचार्य प्रथम भएकी छन् ।
खेलकुद सप्ताह अन्तर्गत फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, कबड्डी, एथलेटिक्स लगायतका खेलहरु सञ्चालन हुने विद्यालयमा अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।
वार्षिकोत्सजको अवसरमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता, रक्तदान, साहित्यिक कार्यक्रम, खाना महोत्सव, पढाई महोत्सव, सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम समेत हुने विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयाे ।  ।