शान्ति नमुनामा खेल सप्ताह जारी

प्रकाशित मिति:

रूपन्देही, माघ ४ । रूपन्देहीकाे  तिलाेत्तमा ५ मणिग्राममा रहेकाे शान्ति नमुना माविको ६४ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल  सप्ताह अन्तरगत  बुधबार पनि विभिन्न  क्षेत्रमा खेल भएका छन् । जुनियर १-३, सेक्टर २ (४-५), ६ देखि ९ कक्षामा विभिन्न कार्यक्रम भइरहेका हुन् ।

दोस्रो दिनको खेलमा ६/९ तर्फका २०० मिटर र ४०० मिटर दौड, म्याथमेटिकल दौड, ब्याडमिन्टन,चेस, टेबल टेनिस, सट पुट लगायतका खेल सम्पन्न भएका छन् ।

२०० मिटर दौड अन्तर्गत कक्षा ६ छात्रबाट नेत्र बानिया प्रथम, तिलक बुढा मगर द्वितीय र दिपेन्द्र बानिया तृतीय भएका छन् । छात्रा तर्फ गरिमा गुप्ता प्रथम, अन्किता पंगेनी द्वितीय र सुवाना परियार तृतीय भएका छन् । कक्षा सात छात्रबाट प्रकाश बानिया प्रथम, रामु गौडेल द्वितीय र लक्ष्मण गौडेल तृतीय भएका छन् । छात्रा तर्फ निकिता ज्ञवाली प्रथम, पुर्णिमा थारु द्वितीय र प्राप्ति अर्याल तृतीय भएका छन्।

कक्षा ८ छात्रबाट आकाश नेपाली प्रथम, समीर नेपाली द्वितीय र विक्रम गाहा तृतीय भएका छन् । कक्षा ८ छात्रा तर्फ एन्जेल सारु प्रथम, अन्सु उप्रेती द्वितीय र सावित्रा गौडेल तृतीय भएका छन् । त्यसैगरि कक्षा ९ छात्रबाट विकास श्रेष्ठ प्रथम, सुजन सुनार द्वितीय र शिव खनाल तृतीय भएका छन् । छात्रा तर्फ अस्मिता परियार प्रथम, आयुशा आचार्य द्वितीय र स्नेहा भट्टराई र जोश्ना पन्थी तृतीय भएका छन् ।

४०० मिटर दौड अन्तर्गत कक्षा ६ छात्रबाट तिलक बुढा मगर प्रथम, नेत्र बानिया द्वितीय र अविरल गौतम तृतीय भएका छन् । छात्रा तर्फ रितिका पौडेल प्रथम, चन्डिका वश्याल द्वितीय र सुवाना अर्याल तृतीय भएका छन् । कक्षा सात छात्रबाट लक्ष्मण गौडेल प्रथम, रामु गौडेल द्वितीय र प्रकाश बानिया तृतीय भएका छन् । छात्रा तर्फ निकिता ज्ञवाली प्रथम, अमृता पाण्डे द्वितीय र प्राप्ति अर्याल तृतीय भएका छन्।

कक्षा ८ छात्रबाट आकाश नेपाली प्रथम, दर्शन खनाल द्वितीय र रोशन अर्याल तृतीय भएका छन् । कक्षा ८ छात्रा तर्फ सावित्रा गौडेल प्रथम, अन्सु उप्रेती द्वितीय र सृष्टि परियार तृतीय भएका छन् । त्यसैगरि कक्षा ९ छात्रबाट रन्जित कुँवर प्रथम, विकास श्रेष्ठ द्वितीय र राम बहादुर थापा तृतीय भएका छन् । छात्रा तर्फ अस्मिता परियार प्रथम, आयुशा आचार्य द्वितीय र खुश्बु थापा तृतीय भएका एथलेटिक्स संयोजक शिव खनालले बताउनुभयो।

त्यसैगरी टेवल टेनिस ६-७ अन्तर्गत रामु गौडेल प्रथम, शाहिल परियार द्वितीय र दिप्सन सापकोटा तृतीय भएका छन् । रमन भण्डारी सान्त्वना भएका छन् । त्यसैगरी कक्षा ८-९ अन्तर्गत आर्यन सुनार प्रथम, समिर खत्री द्वितीय र भिम भुषाल तृतीय र शान्जङ रायमाझी सान्त्वना भएका छन् ।  कक्षा ६-९ छात्रा अन्तर्गत आशिका पन्थ प्रथम, विपाशा काफ्ले द्वितीय, विद्या पाण्डे तृतीय र सुधा पौडेल सान्त्वना भएको टेबल टेबल टेनिस खेल संयोजक सुग्रिम बानियाले जानकारी दिनुभयो।

जुनियर तर्फ प्लेट दौड, १०० मि दौड छात्र-छात्रा, थ्री लेग रेस, मिठाई दौड,शुज रेस र इनआउट, मेमोरी टेस्ट, हट पोट्याटो, बलुन ब्रष्ट, स्पुन रेस, फ्लोर रेस र म्याथमेटिकल रेस लगायतका खेलहरु सम्पन्न भएको प्राथमिक तह इन्चार्ज वसन्ती भण्डारीले जानकारी दिनुभयो।

बिहीबारदेखि कक्षा ११ र १२ तर्फ पनि खेलकूद प्रतियाेगिता हुने विद्यालयले जनाएकाे छ । खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, कबड्डी, एथलेटिक्स लगायतका कार्यक्रम रहने छन् ।

वार्षिकोत्सब विशेष कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता, साहित्यिक कार्यक्रम, रक्तदान, खाना महोत्सव, पढाई महोत्सव, खेलकुद सप्ताह, सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम सञ्चालन हुने विद्यालयका सूचना संयाेजक दिनेश खड्काले बताउनुभयाे ।