शान्ति नमुनाकाे खेल सप्ताहमा विभिन्न खेलहरु सम्पन्न

प्रकाशित मिति:

रूपन्देही,माघ ६ । रूपन्देहीकाे  तिलाेत्तमा ५ मणिग्राम  स्थित शान्ति नमुना माविको ६४ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत  विभिन्न प्रतियाेगिताहरू सम्पन्न भएका छन् ।

जुनियरतर्फ ४०० मिटर रिले, ब्याडमिन्टन, स्लो साइकल रेस,  फुटवल, लङ जम्प, हाइ जम्प, त्रिपल जम्प, सटपुट, हाँडीफोर, म्याथमेटिकल रेस लगायतका खेलहरु सम्पन्न भएका हुन्। त्यसैगरी कक्षा ११/१२ तर्फ लङ्ग जम्प, त्रिपल जम्प, निवन्ध लेखन, चित्रकला , वक्तृत्वकला प्रतियोगिता, १०० मिटर दौड, २०० मिटर दौड, टेबलटेनिस, स्लो साइकल रेस, म्युजिकल चियर रेस लगायतका खेल सम्पन्न भएको विद्यालयका  अतिरिक्त क्रियाकलाप संयोजक सुशील पाण्डेले जानकारी दिनुभयो।

त्यसैगरी सेक्टर २ मा कक्षा ४/५ तर्फ प्लेट दौड, १०० मिटर दौड, छात्र-छात्रा स्याक रेस, थ्री लेग रेस, निडल एण्ड थ्रेड रेस, फ्लोर रेस र म्याथमेटिकल रेस लगायतका खेलहरु सम्पन्न भएको सेक्टर २ संयोजक सीता पुर्जा पुनले जानकारी दिनुभयो।

फुटवलमा कक्षा ६/७ तर्फ मकालु सदन प्रथम, कन्चनजङ्घा सदन द्वितीय  र अन्नपूर्ण सदन तृतीय भएका छन्। कक्षा ८/९ तर्फ कन्चनजङ्घा  सदन प्रथम, निलगिरी सदन द्वितीय र अन्नपूर्ण सदन तृतीय भएका छन् । ब्याडमिन्टन ६/७ छात्रातर्फ महिमा खनाल प्रथम, सविना पंगेनी द्वितीय र अमिशा न्यौपाने तृतीय भएका छन्। कक्षा ८/९ छात्रा तर्फ समिना चौधरी र भावना कँडेल प्रथम, सविना खनाल र इन्दिरा पाण्डे द्वितीय र रोजिना भण्डारी र प्रतिमा लम्साल तृतीय भएका छन्।

लङ्गजम्पमा कक्षाा  ८/९ छात्र तर्फ मनिष परियार प्रथम, सुजन बिक द्वितीय र सन्देश भण्डारी तृतीय भएका छन् । कक्षा ८/९ छात्रातर्फ अन्शु उप्रेती प्रथम, अन्किता भुषाल द्वितीय र प्रतीक्षा तिवारी तृतीय भएका छन् । कक्षा ६/७ छात्र तर्फ प्रकाश बानियाँ प्रथम, तिलक मगर द्वितीय, रामु गौडेल तृतीय भएका छन् । छात्रा ६/७ तर्फ गरिमा गुप्ता प्रथम, निकिता ज्ञवाली द्वितीय र दिपिका बयम्बु तृतीय भएकाे शिक्षक शीव खनालले बताउनुभयाे ।

त्रिपल जम्पमा ८/९  मा छात्र तर्फ प्रशान्त गैरे प्रथम, गौरव घिमिरे द्वितीय र रेयाज केसी तृतीय भएका छन् । ८/९  मा छात्रा तर्फ सावित्रा गौडेल प्रथम, अन्शु उप्रेती द्वितीय र रोजिना भण्डारी तृतीय भएका छन् । कक्षाा  ६/७ छात्र तर्फ रामु गौडेल प्रथम, प्रकाश बानिया द्वितीय र विपिन थारु तृतीय भएका छन् । कक्षा  ६/७ छात्रा तर्फ गरिमा गुप्ता प्रथम, सुयुना हरिजन द्वितीय र मनिषा पाण्डे तृतीय भएका छन्।

स्लो साइकल रेसमा कक्षा ६ छात्रमा दिपेन्द्र गुप्ता प्रथम, आयुष डुम्रे द्वितीय र उत्सव गैरे तृतीय भएका छन्। छात्रा तर्फ सदिक्षा सुबेदी प्रथम, रबिना अर्याल द्वितीय र सुहाना न्यौपाने तृतीय भएका छन् । कक्षा ७ छात्र तर्फ रोशन केसी प्रथम, अध्ययन केसी द्वितीय र सुशील सापकोटा तृतीय भएका छन्। छात्रा तर्फ सुरक्षा घिमिरे प्रथम, यासिका गाहा द्वितीय र राधा पाण्डे तृतीय भएका छन्। कक्षा ८ छात्र तर्फ सतिश न्यौपाने प्रथम, स्वदेश पाठक द्वितीय र निश्चल नेपाल तृतीय भएका छन्। छात्रा तर्फ अंशु उप्रेती प्रथम, पुर्णिमा पोखरेल द्वितीय र सावित्रा गौडेल तृतीय भएका छन्। कक्षा ९ छात्र तर्फ विप्रोच सोमै प्रथम, गौरव डुम्रे द्वितीय र दक्ष पाठक तृतीय भएका छन्। छात्रा तर्फ सुजाता पाण्डे प्रथम, आस्था न्यौपाने द्वितीय र एन्जेल ढकाल तृतीय भएका छन्।

घैटोफोरमा कक्षाा  ६/७ छात्र तर्फ प्रकाश बानियाँ र छात्रा तर्फ अदिती ज्ञवाली प्रथम भएका छन् भने कक्षा ८/९ छात्र तर्फ आरभ बश्याल र छात्रा तर्फ उषा पौडेल प्रथम भएका छन् ।

यस्तै वादविवाद प्रतियोगितामा कक्षा ९ कि आयुषा आचार्य प्रथम भएकी छन्। वक्तृत्वकला प्रतियोगितामा आयुषा आचार्य प्रथम, सुरेन्द्र बानियाँ द्वितीय, दर्पण बानियाँ र नेत्र बानियाँ तृतीय भएका छन्।

वार्षिकोत्सव विशेष कार्यक्रम अन्तर्गत माघ ९ गते  जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता,  रक्तदान र खाना महोत्सव हुनेछ  । यस्तै वार्षिकाेत्सवकाे अवसरमा साहित्यिक कार्यक्रम, पढाई महोत्सव,  सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक किशाेर कुमार खनालले बताउनुभयाे ।