‘थारु संग्राहालय निर्माणको लागि विशेष पहल गर्ने’ : उपमेयर रिता

प्रकाशित मिति:

कमल चौधरी माघ, ६ कपिलवस्तु ।  बाणगंगा नगरपालिकाका नगर उप प्रमुख रिता कुमारी थारुले थारु संग्राहालय निमार्णको लागि विशेष भुमिका खेल्ने बताउँनुभयो ।
उहाँले बाणगंगा नगरपालिका वडा ९ कपिलधाममा आयोजित चौथो बाणगंगा माघी महोत्सवको बिहिबार समापन कार्यक्रममा उक्त कुरामा जोड दिनुभएको हो ।


उप मेयर थारुले–‘ हाम्रो संस्कार र संस्कृतिहरु लोप हुन लागेको छ । हाम्रो भाषा, धर्म, संस्कृति संरक्षण र पर्वद्धन गर्नको लागि विशेष भुमिका खेल्छु’ भन्नुभयो ।
त्यस्तै उहाँले धर्मिक तथा पवित्र भुमि कपिलधाममा थारु संग्रहलय निर्मणको लागि आफुहरु लागि परेको भन्दै जग्गा संरक्षण गर्र्ने काम भैसकेको समेत बताउँनुभयो । उहाँले गत बर्ष कोविडको कारणले माघी महोत्सव गर्न नसकेको भन्दै माघी महोत्सव थारु समुदायको पहिचान संग जोडिएको बताउँनुभयो ।
उहाँले अब थारु समुदायको हरेक क्रियाकलापहरुलाई आर्थिक आयआर्जन संग जोडिनु पर्ने भन्दै पूर्खाका ज्ञान, सिप र संस्कृतिहरुको बजारीकरण गर्नुपर्नेमा जोड समेत दिनुभयो ।


त्यस्तै थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य जन्जीर प्रसाद थारुले थारु समुदायका हक अधिकार सुनिश्चित गर्न एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले थारु समुदाय अझै पनि शोषित, उत्पीडितमा परेको भन्दै यस बर्षको माघी संस्कृतिको संरक्षणको साथसाथै न्याय, समानताको लागि माघी महोत्सव मनाएको बताउँनुभयो ।
उहाँले भन्नुभयो–‘अझै पनि राज्यले थारु समुदायलाई विभेद गरेको छ । टिकापुर घटनाको क्रममा थारु समुदायका घर पसलहरु जलाइयो । निर्दोश व्यक्तिहरु अझैै जेल सजय भोगिरहेका छन् । सरकारले लाल अयोग समेत सार्वजनिक गर्न सकेको छैन ।’ भन्नुभयो ।
उहाँले राज्यको अन्याय अत्यचारको विरुद्ध अब आफु एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै चौथों बाणगंगा महोत्सवमा झुमरा र रेकर्ड डान्स प्रतियोगिता समेत भएको थियो ।
जसमध्ये झुमरा नाच प्रतियोगिता तर्फ जनचेतना महिला समूह (पश्चिम जिनुवा) प्रथम हुन सफल भएको छ ।
भने, मनोहरापुर गाउँ समाज (मनोहरापुर) द्विईतिया, मटेरिया महिला समूह (मटेरिया) तृतिया स्थान हासिल गरेको थियो । त्यस्तै सिताराम समुह (झण्डा) लाई सन्तवन पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै रेकर्ड डान्स प्रतियोगितामा सन स्टार युवा क्लब (मनोहरापुर) प्रथाम, सिद्धार्थ गौतम युव क्लब द्धिईतिया, हथौसा गाउँ समाज (हथौसा) तृतिया स्थान र सूर्य ज्योति ग्रेजुएज फोरम (सिउटी) सन्तवना पुरस्कार प्रप्ता गरेको निर्णयक मण्डलका संयोजक महदेव थारुले जानकारी दिनुभयो ।
त्यस्तै माघी महोत्सवमा राष्ट्रिय गायक श्रीनिवास चौधरी, गायक खेम चौधरी, गायक सिमन्त चौधरी लगायत राष्ट्रिय तथा स्थानिय कलकारहरुले दर्शकहरुललाई झुमाएका थिए ।