भैरहवा, माघ । पशुपति माध्यमिक विद्यालयले ४६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने भएको छ । माघ १८ गते विद्यालयको प्राङ्गणमा विविध कार्यक्रम गरी मनाउन लागेको हो ।
वार्षिकोत्सवको अवसरमा आज सोमबार रक्तदान कार्यक्रम गरेको छ । विद्यार्थी र शिक्षकको सक्रियतामा २५ युनिट रगत संकलन गरी रक्त सञ्चार केन्द्र बुटवललाई हस्तान्तरण गरिएको विद्यालयका प्लस टु संयोजक जितबहादुर राजकोटीले जानकारी दिए । विद्यालयले वार्षिकोत्सवको अवसरमा माघ ९ गते देखि विभिन्न कार्यक्रम गर्दै आएको छ ।विद्यालयका प्रधानाध्यापक वेदनारायण भट्टराईको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद बस्यारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।










