बुद्धभूमिमा बाल संरक्षण समितिको क्षमता अभिमुखिकरण कार्यक्रम सम्पन्न !

प्रकाशित मिति:

माघ १७, कपिलबस्तु । बुद्धभुमी नगरपालिकाको सभा हलमा एक कार्यक्रमका बीच बाल संरक्षण समिति तथा श्रम सम्बद्ध अनुगमन समितिको क्षमता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख, उप नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, उपसचिव तथा विभिन्न शाखाका प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभन्न संघ संस्थाका प्रतिनिधी, ईलाका प्रहरी कार्यलय गोरुसिङ्गेका प्रमुख, युवा संजाल, बाल संजालका प्रतिनिधीहरुको उपस्थितिमा बाल संरक्षण समिति तथा श्रम सम्बघद्ध अनुगमन समितिको क्षमता अभिमुखकिरण कार्यक्रम सम्पन्न भएको छ ।


बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगर उप प्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, उप सचिव लिल बहादुर क्षेत्री, वडा अध्यक्ष कपिलदेव तिवारी लगायते बोलेका थिए ।
त्यस्तै घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका दुर्गा अर्यालको संचालन तथा ग्लोबल फेयरनेश ईनिशिएटिभका साहायक कार्यक्रम व्यवस्थापक भाष्कार कुमार अधिकारीको स्वागत रहेको कार्यक्रममा प्रशिक्षक हरि सिंह गुरुङ्गले सहजिकरण गर्नुभएको थियो भने गुडवीभ सर्टिफिकेशन नेपालका कार्यक्रम संयोजक उमेश कुइकेलले बाल श्रम सम्बन्धी अनुगमनका लागी फारम भर्ने विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।