जय किसान बहुप्राविधिक शिक्षालय प्रगति पथमा लम्किदै

प्रकाशित मिति:

प्रमोद सहनी रौतहट- रौतहटको देवाही गोनाही नगरपालिका नं ९ स्थित जय किसान बहुप्राविधिक शिक्षालय तथा कृषि प्रधानमन्त्री प्रायोजना कार्यालय गरुडाको समायोजनमा जय किसान बहु प्राविधिक शिक्षालय तथा कृषि प्रधानमन्त्री प्रमुख ई.धनोज कुमार यादव कृषि प्रधानमन्त्री प्रायोजना कार्यालय गरुडाका कृषि ई.उदय कुमार ठाकुर प्राविधिक सरोज कुमार ठाकुर यस शिक्षालयका कृषि बाली बिज्ञान सन्काय दोस्रो र तेस्रोका अन्तिम चरणमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा हरियो घर (Green house),थोपा सिंचाई (ducks) बनाउनको निम्ति परिक्षण गर्नुका साथै नाप नक्शा लिईएको छ। कलेजको प्रगतिको बारेमा प्रकाश पार्दा पहिला भन्दा धेरै नै सुधार देखिएको छ,रङ रोगन गरिनुका साथै कलेज परिसर पुरै पर्खालले घेर्न लाएको छ।सवै भन्दा ठूलो कुरा भौतिक सुधार,प्रगतिसँग सँगै कलेजको पठन पाठन,अनुशासन कायम गराउनमा सफल देखिएको छ। समग्रमा भन्नुपर्दा यश कलेजका कलेज प्रमुख आएको ११ महिनामै कलेजले प्रगतिपथमा एकदमै फडको मारेको छ। शिक्षण सिकाई प्रभावकारी बनाउन शिक्षण सिकाईमा जोड़ प्रयोगात्मक अभ्यासमा जोड़ दिन थालिएको छ।

गुणस्तरीय सिकाइका लागि प्रयोगात्मक सामाग्री खरिद गरी जडान गरिएको छ।देवाही गोनाही नगरपालिका संगको समन्वयमा माटो पुर्ने कार्य भएको छ।त्यसैगरीकरिब २५६. मिटर boundaries wall निर्माण भएको।परिसर भित्र सोलार बत्ती को जडान गरिएको हो।व्यबसायिक तालिमका लागि ट्रेनिंग सेन्टर हल निर्माण भएको छ भने शैक्षिक तथा प्रशासनिक भवन पूर्णतया रंग रोदन गरिएको छ।पोखरी मर्मत गरी माछा पालन कार्य भएको छ भन्ने विभिन्न प्रजातिका बोटबिरुवा लगाई शिक्षालयको सौंदर्यकरण गरिएको छ त्यसैगरी करिब ८०. प्रतिशत विषयहरु स्मार्ट बोर्डर प्रोजेक्टरद्वारा पढाई भईरहेको छ।त्यसैगरीसिभिल इन्जिनयरिङ संकाय तर्फपलम्बिरिङ कर्पेरेटरी इलेक्ट्रिक इन्जिनियिङ्ग मेटेरियल इलेक्ट्रिसिटी र स्ट्रक्चर ल्याब , सेटअप गरेको । शिक्षालयमा थप ११ वटा सिसी क्यामरा जडान गरी जम्मा २२ ओटा सिसी क्यामेरा जडान गरिएको छ।आईटी सोलुसन ल्याब सेटअप भएको कम्प्युटर ल्याब सेटअप भएको छ । किसानहरुका लागि माटो परीक्षण कार्य भईरहेको छ। झ्याल ढोकाको मर्मतसँङैशैक्षिक भवन तथा प्रशासनिक भवनको छत मर्मत कार्य भएको , साईकल स्ट्यान्ड निर्माण भएको र सेफ्टी टङ्क निर्माण भइरहेकोपुरानो बाउण्डरी वालमा तारवारले घेरी पुर्णतया मर्मत कार्य भईरहेको छ। आइसिटी ल्याब निर्माण भएको इलेक्ट्रोनिक्स ल्याब निर्माण कार्य भईरहेको सिकौ कमाऊ र तिर को अवधारणामा नियमित रूपमा कुखुरा पालन र च्याउ उत्पादन भइरहेको छ।