प्रकाश न्यौपाने
फाल्गुन ९ गते
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ को हरकपुरमा रहेको गण्डक नहरमा एक महिला २ छोरासहित ३ जना बेपत्ता भएका छन ।
हरपुर निवासी तीर्थराम थारुको श्रीमती २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित मंगलबार दिउँसो हाम फाली बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका तीनै जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताउनु भयो ।












