सिद्धी चिल्डेन्स एकेडेमीको ३६ औं बार्षिकउत्सव सम्पन्न

प्रकाशित मिति:

हरिश ढकाल- बुटवल, फागुन । बुटवलको पुरानो अंग्रेजी तथा आवासिय बिद्यालयमध्ये एक सिद्धी चिल्डेन्स एकेडेमी ईङ्गिलस बोर्डिङ्ग स्कुलको ३६ औं बार्षिक उत्सव तथा अभिभावक दिवश समारोह सम्पन्न भएको छ । समारोहमा सहभागिहरुले बिसं २०४३ सालमा बुटवल ८ श्रवणपथमा स्थापना भएको सिद्धी चिल्डे«न्स एकेडेमीले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरिय शिक्षा र राष्ट्रियस्तरमा
प्रतिष्पर्धा गर्नसक्ने बिद्यार्थी उत्पादनमा जोड दिदै आएको बताएका छन् । बुटवल १२ तामनगरस्थित राजपुरमा निर्मित नयाँ भवनको प्रांगणमा आयोजित समारोहको उद्घाटन गर्दै सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशका उपसचिव मनोज गैरेले गुणस्तरिय, ब्यबहारिक र सिपमुलक शिक्षाको आवश्यक्ता रहेको बताउनु भयो । नेपालमा शैक्षिक संस्थाहरुको बिकास तिब्र रुपले भएको
उल्लेख गर्दै उपसचिव गैरेले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने एवं स्वदेशमै उत्पादनशिल कार्य गर्ने जनशक्ति उत्पादनमा शैक्षिक संस्थाहरुले ध्यान दिनु पर्ने बताउनु भयो ।

बिद्यालयमा संस्थापक प्रिन्सिपल राजु गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सदस्य बिष्णुप्रसाद पौडेल,
जिल्ला अध्यक्ष पुरुषोत्तम बस्याल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, सक्रिय टोल बिकास संस्थाका अध्यक्ष देवी न्यौपानेलगाएतले सिद्धि चिल्डे«न्स एकेडेमीले शिक्षा क्षेत्रको उन्नयनमा पुराएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बिद्यालयको बार्षिक परिक्षामा उत्कृष्ठ नतिजा हासिल गर्ने र सप्ताहब्यापी खेलकुद प्रतियोगितामा बिजयी बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

शैक्षिक बिकासमा मात्र नभै समाजिक बिकासमा पनि योगदान पुराउने उद्देश्यले सो कार्यक्रममा स्थानिय दुईवटा टोल बिकास संस्थाहरुलाई सरसफाई सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । समारोहमा बिद्यालयका पुर्व बिद्यार्थीहरुलाई सम्मान, साँस्कृतिक कार्यक्रम, सन्देशमुलक नाटक र प्रहसनहरु प्रस्तुत गरिएको थियो ।