काठमाडाैं, फागुन : बालुवाटारमा बसिरहेको ८ दलको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेकाे छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे ८ दलकाे बैठकमा नेपाली कांग्रेसको उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने र विजयी गराउने सहमित भएकाे हाे । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए।












