बिहीबार सेयर बजार राताम्मे, २६.४८ अंककाे गिरावट

प्रकाशित मिति:

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मे भएको छ । नेप्से परिसूचक २६।४८ अंकले घटेर १९६९ विन्दुमा पुगेको छ ।यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४।८१ अंकले घटेर ३७३।५६ विन्दुमा पुगेको छ । यसैगरी, २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयरको कारोबार हुँदा एक अर्ब ३३ करोड ६३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ ।

त्यस्तै कारोबारको आधारमा सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ८ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको हो।बुद्धभूमि नेपाल हाइड्रोपावर र युनिक नेपाल लघुवित्तको सेयर ४ प्रतिशतले बढेको छ ।आज सबै उपसमूहहरूको सेयर घटेर बजार राताम्मै भएका छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स र ट्रेडिङ कम्पनीको २ प्रतिशतले सेयर कारोबार घटेको हो ।