बुटवल कालिका क्याम्पसमा स्टुडेन्ट क्वालिटी सर्कलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल कालिका क्याम्पसमा स्टुडेन्ट क्वालिटी सर्कलको आयोजनामा  गरेको बृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

क्वालिटी सर्कलका अध्यक्ष अर्जुन पोखरेलको सभापतित्वमा संचालित कार्यक्रम ८५ युनिट संकलन भएको शिक्षक तथा नेपाल स्वयमसेवी रक्तदाता समाज सदस्य शंखर गौतमले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले  कार्यक्रममा सहभागी भइ रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदाताहरुलाई स्वास्थ्य लाभको कामना गर्दै  जीवन दानमा जोडिनु भएकोमा सम्पुर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ  ।

आज स्वोवियु निर्वाचनको संगठन दर्ता गर्न तछाडमछाड गर्दै गर्दा आफ्नो क्याम्पसमा सम्पुर्ण विद्यार्थी एकैसाथ मिलि रक्तदान कार्यक्रम आयोजना गरेकोमा आफुलाई  यस क्याम्पसको विद्यार्थी प्रति गर्व रहेको क्याम्पस प्रमुख घनश्यामा पाठकले मन्तव्य राख्दै बताउनु भयो ।

सर्कलकि सचिव अस्मिता अधिकारीले विहान आठ बजेदेखि सुरु भएको बताउनु भयो ।