बर्दघाट नगरपालिकाद्रारा पहिलो पटक स्नातक तह पढ्नेलाई छात्रवृत्ति 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
फाल्गुन २२ गते
नवलपरासी । बर्दघाट नगरपालिकाले स्नातक तह अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।  बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले आर्थिक अवस्थाका कारण कोहि कसैले पनि स्नातक तहको पढाइ छोड्न नपरेस भने नगरले छात्रवृत्ति कार्यक्रम अगाडी सारेको बताउनु भयो । उहाँ भन्नू हुन्छ – ” आर्थिक अभावका कारण पढाई बीचमा छाड्न नपरोस भनेर बर्दघाट नगरले पहिलो पटक स्नातक तह पढ्ने विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम अगाडी सारिएको हो । यसलाई आगामी बर्ष बजेट बढाउने योजनामा छौ ।
बर्दघाट नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने विद्यार्थीहरुले छात्रवृत्तिका लागि आबेदन दिन सक्ने बर्द्घाट नगरपालिकाका  प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताउनु भयो । उहाका अनुसार  नगरपालिकाले आर्थिक वर्ष २०७९/८० बार्षिक नगर बिकास योजनाबाट बजेट छुट्याएको हो ।
बर्दघाट नगरपालिकाका शिक्षा, युवा र खेलकुद शाखा प्रमुख प्रमुख लोकराज पन्थीले नगरले स्नातक तह अध्ययनरत गर्न कठिन भएका विद्यार्थीहरुलाई राहत पुग्ने बताउनु भयो । उहाँ भन्नू हुन्छ -” हामी संग केहि बजेट छ , तेसलाइ लक्ष्यित समुह समक्ष पुर्याउनुका लागि हामीले १५ दिन भित्रमा निवेदन दिन सुचना प्रकाशित गरेका छौं । लक्ष्यित समूह समक्ष पुग्नका लागि  निवेदनमा विद्यार्थीले छात्रवृत्ति पाउनु पर्ने कारण समेत खुलाएर निवेदन माग गरिएको पन्थीले बताउनु भयो ।